असार २३, २०८२ सोमबार July 7, 2025

कोभिड-१९का कारण विश्वभरी ८ लाखको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैः विश्व महामारीको रुपमा  फैलिएको (कोभिड-१९) कोरोनाभाइरस का कारण आईतबारसम्म मृत्यु हुनेहरुको सङ्ख्या ८ लाख पुगेको छ ।

जोन हकिङ्स विश्वविद्यालयले शनिबार दिएको जानकारी अनुसार कोरोनासम्वन्धी समस्याका कारण मृत्यु भएका आठ लाखमध्ये सवैभन्दा धेरै अमेरिकाका रहेका छन् ।

अमेरिकामा आइतबारसम्म एक लाख ७५ हजार ४२९ जनाको मृत्यु भएको छ भने दोस्रो धेरै ब्राजिलमा एक लाख १३ हजार ३५८ जनाको मृत्यु भएको छ ।

त्यस्तै तेस्रो धेरै मानवीय क्षति बेहोरेको मेक्सिकोमा ६० हजार २५४, भारतमा ५६ हजार ८७५ र बेलायतमा ४१ हजार ४२३ जनाको कोरोनाका कारण ज्यान गएको छ । त्यस्तै इटलीमा ३५ हजार ४३०, फ्रान्समा ३० हजार ५१२, स्पेनमा २८ हजार ८३८ र पेरूमा २७ हजार ४५३ सङ्क्रमितको मृत्यु भएको छ ।

त्यसैगरी सङ्क्रमितको सङ्ख्या अमेरिका, ब्राजिल र भारतपछि क्रमशः रुस, दक्षिण अफ्रिका, पेरू, मेक्सिको, कोलम्विया, स्पेन, चिली र इरान रहेका छन् ।-एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया