कार्तिक ११, २०८३ बुधबार October 28, 2026

भारतीय अभिनेत्री शेफालीको हृदयाघातबाट निधन

मृत्युको परिस्थितिको बारेमा अहिलेसम्म कुनै आधिकारिक बयान गोप्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः भारतीय अभिनेत्री शेफाली जरीवालाको निधन भएको छ । जरीवालाको ४२ वर्षको उमेरमा निधन भएको हो । शुक्रबार राति उनलाई हृदयाघात भएको थियो, जसका कारण उनको मृत्यु भएको हो।

भारतीय सञ्चार माध्यमका अनुसार जरीवालाको स्वास्थ्यमा असहज भएपछि उनका पति, अभिनेता पराग त्यागीले अस्पताल पुर्‍याए, जहाँ उनलाई मृत घोषित गरियो ।

उनको शवलाई पोस्टमार्टमको लागि कूपर अस्पताल लगिएको थियो । यसैबीच, मुम्बई प्रहरी अनुसन्धानको लागि जरीवालाको अंधेरीस्थित घरमा पुगेको थियो । उनको मृत्युको परिस्थितिको बारेमा अहिलेसम्म कुनै आधिकारिक बयान जारी गरिएको छैन ।

सन् २००२ मा रिलिज भएको गीत ‘काँटा लगा’ म्युजिक भिडियोबाट उनी प्रसिद्धीको शिखरमा पुगिन । त्यसपछि उनी सलमान खानको फिल्म ‘मुझसे शादी करोगी’मा देखा परिन् र सन् २०१९ को वेब सिरिज ‘बेबी कम ना’मा अभिनय गरिन् । उनले ‘बुगी वूगी’ र ‘नच बलिए’जस्ता लोकप्रिय डान्स रियालिटी शोहरूमा पनि भाग लिइन् ।

जरीवालाले सन् २०१९ मा बिग बोस १३ मा वाइल्ड कार्ड एन्ट्री लिएकी थिइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधान सेनापतिद्धारा बढुवा भएका अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान
२०८३ कार्तिक ११, बुधबार
एसईईका लागि परीक्षा आवेदन फारम खुला (सूचना सहित)
२०८३ कार्तिक ११, बुधबार
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
२०८३ कार्तिक ११, बुधबार
हिमाली विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य बढाउन मन्त्री श्रेष्ठको आह्वान
२०८३ कार्तिक ११, बुधबार
राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु
२०८३ कार्तिक ११, बुधबार
लगातार दोस्रो दिन बढ्यो सुनको मूल्य, चाँदी पनि १० रुपैयाँले महँगियो
२०८३ कार्तिक ११, बुधबार
धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल
२०८३ कार्तिक ११, बुधबार