मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

यस्तो छ विश्व स्वास्थ्य संगठनको नयाँ नियम-कसले कस्तो मास्क लगाउने ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैः विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको महामारीबीच मास्क लगाउनेबारे नयाँ नियम सार्वजनिक गरेको छ ।

डब्लुएचओले १२ वर्षभन्दा माथिका सबैले वयस्कले जस्तै मास्क अनिवार्य रुपमा लगाउनुपर्ने नियम सार्वजनिक गरेको हो ।

डब्लुएचओले जुन जुन देशमा जुन नियम वयस्कका लागि बनाइएको छ, त्यो १२ वर्षभन्दा माथिका सबैलाई लागू गर्न आग्रह गरेको हो ।

डब्लुएचओले बच्चाले भाइरस फैलाउनेबारे हालसम्म सबै कुरा स्पष्ट भइनसकेको तर किशोर उमेरका सबैले वयस्कले जस्तै भाइरस फैलाइरहेको जनाएको छ ।

५ वर्षभन्दा कम उमेरका बच्चाहरुले मास्क लगाउन अनिवार्य नरहेको, ६ देखि ११ वर्षसम्मका बालबालिकालाई मास्क लगाउन र उतार्न परिवारले सहयोग गर्नुपर्ने डब्लुएचओले उल्लेख गरेको छ ।

यस्तै डब्लुएचओले ६० वर्षभन्दा कम उमेरका मानिसले कपडाको मास्क लगाउनुपर्ने र त्यसभन्दा माथिको उमेरका र बिरामीले ग्रस्त मानिसले भने मेडिकल मास्क अनिवार्य लगाउनुपर्ने जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिपी राजमार्ग : चौडा बनाउन पौने चार अर्बको स्रोत–प्रस्ताव
२०८३ मंग्सिर १, मंगलबार
एनपिएलः सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
मधेसमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको अनुगमन, सुधारमा जोड
२०८३ मंग्सिर १, मंगलबार
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा
२०८३ मंग्सिर १, मंगलबार
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
२०८३ मंग्सिर १, मंगलबार
मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट
२०८३ मंग्सिर १, मंगलबार
सहकारी ठगी मुद्दामा अध्यक्ष नेपालीसहित सात जनालाई कैद र जरिवाना
२०८३ मंग्सिर १, मंगलबार