श्रावण ७, २०८२ बुधबार July 23, 2025

दुबईमा अलपत्र २ सय ६४ जना नेपाली स्वदेश फर्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः दुबई विमानस्थलमा अलपत्र परेका २ सय ६४ जना नेपाली आज स्वदेश फर्किएका छन् । गत सोमबारदेखी दुबईमा अलपत्र परेकाहरु आज नेपाल एअरलाइन्सको वाइड बडी ए- ३३० जहाजमार्फत नेपाल फर्किएका हुन् ।

यो उडानमा नेपाल जानका लागि २ सय ७० जनाले टिकट काटेका थिए । टिकट लिएकामध्ये ६ जना कागजात नमिलेका कारण नेपाल फर्किन पाएनन् । यूएईमा ज्यान गुमाएका लुक बहादुर कुँवर र करेन्ट लागेर ज्यान गुमाएका रुपन्देही मझुवाका कृष्णबहादुर खड्काको शव पनि त्यस्तै आजकै उडानमार्फत नेपाल पठाइएको छ ।

कोभिड १९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)ले विदेशबाट फर्कनेका लागि होटल क्वरेण्टीन व्यवस्था नभएको भन्दै उडान स्थगित गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेपछि त्यही पत्रको आधारमा पर्यटन मन्त्रालयले विदेशमा अलपत्र नेपाली फर्काउन तय गरेको चार्टर्ड उडान स्थगन गरेका कारण यूएईमा उद्धारको लागि पुगेको जहाज रित्तै फर्किएको थियो ।

कोरोनाको पीसीआर परीक्षणको प्रमाण सहित नेपाल उड्ने तयारी गरिसकेका यात्रुलाई जहाजले नबोकी उडेपछि गएको सोमबार दुबई विमानस्थलमा नेपालीहरु अलपत्र परेका थिए । विभिन्न कारणले जागिर गुमाएर लामो समयदेखि समस्यामा परेकाहरु नेपाल फर्किन भन्दै यूएईका विभिन्न राज्यबाट दुबई विमानस्थल पुगेका थिए ।

त्यसरी अलपत्र परेपछि कतिपय आफ्नै कोठामा फर्किएका थिए भने टाढा कोठा हुनेहरुलाई खान र बस्नको लागि नेपाली समाज तथा एनआरएनए यूएईले सहयोग गरेको थियो । नेपाल फर्किन जहाज चड्ने अन्तिम समयमा सरकारको कामदार नल्याउने भन्ने अपरिपक्व निर्णयले राज्यलाई नै घाटा लागेको भन्दै सरोकारवालाहरुले बिरोध जनाएका थिए । चौतर्फी दबाब र विरोध भएपछि सरकारले पहिले काटेको पुरानै टिकटमा नेपाल फर्काएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार