श्रावण ७, २०८२ बुधबार July 23, 2025

उपत्यकामा खाद्यान्न तथा तरकारी पसल बिहान सवा ९ बजेसम्म खोल्न पाइने (विज्ञप्ती सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः काठमाडौं उपत्यकामा खाद्यान्न तथा तरकारी पसलविहान सवा ९ बजेसम्म खोल्न पाईने भएको छ । बिहान थोरै समय खाद्यान्न तथा तरकारी पसल खोल्दा अत्याधिक भिड हुन जाने तथा दिनभर पनि किनमेलमा निस्कने हुँदा त्यसले संक्रमणको खतरा बढेको भन्दै काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लामा एक रुपता ल्याउन ती जिल्लाका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा ९ बजेसम्म खोल्न पाउने नियम बनाइ दिएका हुन् ।

काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको संयक्त बैठकले यो निर्णय गरेको काठमाण्डाैं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । ‘उपत्यकावासीको समस्या र कोरोना जोखिमलाई मध्यनजर गर्दै ९ बजेसम्म तरकारी खाद्यान्न पसल खोल्न दिने निर्णय भएको हो’, उनले भनिन्, यसअघि स्थानीय तहपिच्छे आआफ्नै समय थिए, एकरुपता ल्याउन हामीले यो निर्णय ग-यौँ ।’

यसअघि तीनै जिल्लाका फरक फरक स्थानीयतहले फरक फरक समयसम्म पसल खोल्न पाउने समय तोकेका थिए । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि निषेधाज्ञा लगाएको हो । उनकाअनुसार औषधि, पानी र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसलभने जुनसुकै समयमा निर्वाद रुपमा चलाउन सकिन्छ ।

कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि उपत्यकामा जारी भएको निषेधाज्ञाको आइतबार चार दिन पुगेको छ । संक्रमणको जोखिम बढ्दै गएपति एक हप्ताका लागि जारी भएको निषेधाज्ञाको चौथो दिनपनि सडक, बजार र शहर सुनसान देखिए । आइतबार पनि सडकमा अत्यावश्यक बाहेकका सवारी साधन देखिएनन् । एम्बुलेन्स, खाद्यान्न, खानेपानी, विद्युत, सञ्चार, तरकारी, फलफुल बोकेका सवारी सधानलाई निर्वाध रुपमा सञ्चालनमा रहे । मुख्य सडकहरु सुनसान देखिएपनि उपत्यकाका भित्रि गल्ली तथा उपत्यकाका काठ क्षेत्रका पसलहरु खुला रहेका छन ।ती क्षेत्रका दैनिक उपभोग्य वस्तु, तरकारी र औषधि पसलहरु भित्री क्षेत्रमा खुला रहेका हुन् ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार