श्रावण ७, २०८२ बुधबार July 23, 2025

पुजारी हत्यामा संलग्नलाई तुरुन्त पक्राउ गर्न नेकपा सांसद प्रभु साहको ५ बुँदे माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद प्रभु साहले रौतहटको माधवनारायण नगरपालिकाको खेसरहियामा हनुमान मन्दिरको पुजारी श्रीराम साहको हत्याकाण्डको सम्बन्धमा पाँच बुँदे माग अघि सारेका छन् ।

भदौ ३ गते बेलुका खाना खाइरहेको बेला कन्चटमा गोली हानेर पुजारी साहको हत्या भएको थियो । यस अघि नै घटनाप्रति गृह प्रशासनको ध्यानाकर्षण गराएका सांसद साहले सोमबार थप पाँच बुँदे स्पष्ट माग राखेका हुन् ।

सांसद साहले पुजारी श्रीराम साहको हत्यारालाई तुरुन्त पक्राउ गर्नुपर्ने, मृतक साधु श्रीरामलाई शहिद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति व्यवस्था गर्नुपर्ने, श्रीराम साहको सालिकसहित भव्य हनुमान मन्दिरको निर्माण शुरु गर्नुपर्ने र शान्ति सुरक्षाको लागि उक्त बजार (खेसरहिया) मा प्रहरी चौकी स्थापना गर्नुपर्ने माग राखेका हुन् ।

प्रहरीद्वारा थालिएको घटनाको प्रारम्भिक अनुसन्धानमा तालिमप्राप्त कुकुरको मद्दतले सुरु गरिएको अनुसन्धानबाट हिन्दु–मुस्लिम बीच साम्प्रदायिक द्वन्द्व सृजना गर्ने उद्देश्यले राजनीतिक समुहबाट यस्तो भएको हुनसक्ने आशंका गरिएको छ । प्रहरी निकट स्रोतका अनुसार अनुसन्धानमा खटाइएको कुकुरले घटनास्थलबाट सिधै एक स्थानीय नेताको घरमा पुगेकोले राजनीतिक समुहको संलग्नताबारे प्रहरीले छानबिन तीव्र पारेको छ ।

घटनाको चौतर्फी आलोचना भएको भएपनि प्रशासनले ठोस तथ्य पत्ता नलाग्नुमा ठूलो शक्तिको चलखेल रहेको स्थानीयको आरोप छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार