श्रावण ७, २०८२ बुधबार July 23, 2025

राजधानी सहित तीन जिल्लाका सीडीओको संयुक्त बैठक बस्दै, निषेधाज्ञाको म्याद एक साता थप हुन सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: उपत्यकास्थित काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनको संयुक्त बैठक आज बस्ने भएको छ । कोरोना संक्रमण रोकथाम तथा जोखिम न्यूनीकरण गर्न गत बुधबार मध्यरातिदेखि जारी गरिएको निषेधाज्ञा र अहिलेसम्मको स्थितिबारे समीक्षा गर्न संयुक्त बैठक बस्न लागेको हो ।

बैठकले १० गतेसम्म जारी गरिएको निषेधाज्ञाको अवधि बढाउने वा नबढाउने बारे निर्णय गर्ने बताइएको छ । सोमबार नै भक्तपुर र ललितपुर जिल्ला सुरक्षा समिति र डीसीसीएमसीको बैठकले निषेधाज्ञाको अवधि एक हप्ता बढाउने निर्णय गरेको छ । दुवै प्रशासनले आ-आफ्ना निर्णय मंगलबार बस्ने संयुक्त बैठकमा पेस गरिने बताएका छन् ।

कोभिड- १९ संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै भदौ १० गतेसम्म जारी गरिएको निषेधाज्ञा अझैं लम्बिने देखिएको छ। यस बीच उपत्यकाभित्रका तीनै जिल्लामा देखिएको संक्रमण फैलिने दरमा कमी आएको छैन। त्यसैले पनि निषेधाज्ञा अझैं लम्बाउने निष्कषमा स्थानीय निकायका प्रमुखदेखि जनप्रतिनिधिसम्म पुगेका छन्।

हिजो सोमबार मात्रै उपत्यका नगरपालिका फोरमले पनि भदौ १५ गतेसम्मका लागि स्थानीय तहबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा स्थगनको निर्णय गरेको छ । फोरमले निषेधाज्ञा भदौ १५ गतेसम्म बढाउन पनि सिफारिस गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार