असार ३०, २०८२ सोमबार July 14, 2025

सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म

सबैभन्दा धेरै हेरिएको १० बलिउड ट्रेलरहरूको सूची हेर्नुहोस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुम्बई । बलिउड स्टार अजय देवगनको बहुप्रतिक्षित एक्सन कमेडी ड्रामा, सन अफ सरदारः २ जुलाई २५ मा रिलिज हुने तयारीमा छ।निर्माताहरूले जुलाई ११ मा आधिकारिक ट्रेलर सार्बजनिक गरेका थिए, जसले छिट्टै अनलाइनमा लोकप्रियता हासिल गरेर नयाँ रेकर्ड कायम गरेको छ ।

पहिलो २४ घण्टामा, ट्रेलरले दुई च्यानलहरूमा मध्ये यु टयुबमा २८.७० मिलियन भ्यूज कमाउन सफल भएको छ । जियो स्टुडियोको च्यानलवाट २९ मिलियन र अजय देवगन फिल्म्सको आधिकारिक च्यानल मार्फत ७७.७ हजार पटक हेरिएको छ । स्लैपस्टिक हास्यले भरिएको ट्रेलरले दर्शकहरूको सकारात्मक प्रतिक्रियाको साथ भेटेको छ ।

सन अफ सरदारको यो सिक्वेलले ट्रेलर भ्युज अत्याधिक कमाएकाले यसको लागि दर्शकहरू प्रतिक्षामा रहेका छन भन्ने देख्न सकिन्छ् ।

विजय कुमार अरोरा द्वारा निर्देशित फिल्म सन अफ सरदारको एक आध्यात्मिक सिक्वेल हो। यसमा अजय देवगनसँगै मृणाल ठाकुर, रवि किशन, सञ्जय मिश्रा, दीपक डोबरियाल, चंकी पाण्डे, नीरु बाजवा, कुब्ब्रा सैत, विन्दु दारा सिंह, मुकुल देवलगायतको अभिनय रहेको छ। देवगन फिल्म्स र जियो स्टुडियोले निर्माण गरेको यो फिल्म २५ जुलाईमा रिलिज हुँदैछ ।

बलिउडका सबैभन्दा धेरै हेरिएका १० ट्रेलरहरूमा नपरेको भए पनि सन अफ सरदार २ ले अक्षय कुमारको हाउसफुल ५ ट्रेलर सहित हालैका धेरै ठूला चलचित्रहरूलाई सहज रूपमा पछाडि पारेको छ, जसको तुलनामा जम्मा ९.५ मिलियन भ्युज बढी गएको छ । यस गतिको साथ सन अफ सरदारः२ यस महिनाको अन्तमा बक्स अफिसमा बलियो ओपनिङको लागि तयार छ।

सबैभन्दा धेरै हेरिएको १० बलिउड ट्रेलरहरूको सूची:

१. डंकी– ५८.५ मिलियन

२.स्काईफोर्स– ५७.६५ मिलियन

३. आदिपुरुष– ५२.२ मिलियन

४.सिंघम अगेन– ५२ मिलियन

५. तु झुटा मै मक्कर– ५०.९५ मिलियन

६.एनीमल– ५०.६ मिलियन

७. सिकन्दर ४८ मिलियन

८. भूल भुलैया ३-  ४५.९ मिलियन

९. जवान– ४५.६ मिलियन

१०. बेबी जोनः ४५.२ मिलियन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मध्यपश्चिम विश्वविद्यालयको १७ औं सभा सम्पन्न, एक अर्ब ३६ करोडको बजेट पारित
२०८२ असार ३०, सोमबार
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार