काठमाण्डौंः कोरोना संक्रमण हुने क्रम दिनप्रतिदिन बढ्दै गएकाले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ ।
उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रंमुख जिल्ला अधिकारीबीच बुधबार बिहान बसेको संयुक्त बैठकले निषेधाज्ञा भदौ १७ गतेसम्मका लागि थप गरेको हो ।
यसअघि गत बुधबार मध्यरातिदेखि लागू निषेधाज्ञा आजै मध्यरातिदेखि सकिँदै थियो । तर संक्रमण अझै नघटेकाले तीनै जिल्लामा अरू एक हप्ता निषेधाज्ञा थप गरिएको हो ।
यसै सन्दर्भमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले २० बुँदे आदेश जारी गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया