श्रावण ५, २०८२ सोमबार July 21, 2025

भरतपुर अस्पतालमा दैनिक १० देखि १२ सर्पदंशका बिरामी उपचार गर्न आउने

अस्पतालमा आएका बिरामीलाई कम्तीमा ६ घण्टा निगरानीमा राखेर बिरामीको लक्षण अनुसार उपचार गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन, ५ साउनः यहाँको भरतपुर अस्पतालमा विगत तीन महिनामा दुई सय ९१ जना सर्पदंशका बिरामीको उपचार गरिएको छ । वर्षा सुरु भएसँगै यस अस्पतालमा सर्पदंशका बिरामीको सङ्ख्या बढेको हो ।

अस्पतालका आकस्मिक कक्ष प्रमुख अलाउद्दिन मियाँका अनुसार अस्पतालले गत वैशाख ६० र जेठमा १०५ जना सर्पदंशका बिरामीको उपचार गरेको छ । तीमध्ये पाँच जना विशालु सर्पले डसेका थिए । यस्तै असार महिनामा एक सय २६ जना सर्पदंशका बिरामीको उपचार गरिएका मध्ये नौ जना विशालु सर्पले डसेका बिरामी रहेको मियाँले जानकारी दिनुभयो ।

यस अस्पतालमा सर्पदंशका बिरामी चितवनसहित, मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) तनहुँ, गोरखा लमजुङ्देखिका आउने गरेका छन् । अस्पतालमा आएका बिरामीलाई कम्तीमा ६ घण्टा निगरानीमा राखेर बिरामीको लक्षण अनुसार उपचार गरिने गरेको उहाँले बताउनुभयो ।

विशालु सर्प अन्तर्गत करेत, कोभ्रा, गोमन, भाइपर लगायतका सर्पहरुले टोक्ने गर्दछ । करेत र गोमन, कोभ्राले टोक्दा बिरामीको नशालाई असर पु¥याउने गर्दछ भने भाइपरले टोक्दा बिरामीको रगतको तत्वमा असर गर्ने उहाँले बताउनुभयो ।

विशालु सर्पले टोकेका बिरामीलाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिन्छ भने अन्यलाई आकस्मिक कक्षमानै राखेर उपचार गरिँदै आएको छ । अहिले दैनिक १० देखि १२ जना सर्पदंशका बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् । यस अस्पतालमा सर्पदंशको उपचार राम्रो हुने भएकाले यहाँ बिरामी धेरै आउने गरेको उहाँले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘कृषिक्षेत्र आत्मनिर्भरतातर्फ उन्मुख छ’ – मन्त्री अधिकारी
२०८२ श्रावण ५, सोमबार
नेपाललाई सांस्कृतिक अध्ययनको सङ्ग्रहालयको रूपमा विकास गर्नुपर्छ : मन्त्री पाण्डे
२०८२ श्रावण ५, सोमबार
साफ महिला यू-२० च्याम्पियनसिप: नेपाललाई हराउँदै बंगलादेशले जित्यो उपाधि
२०८२ श्रावण ५, सोमबार
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार