श्रावण ८, २०८२ बिहिबार July 24, 2025

न्यायको लागि मानवअधिकारद्वारा सरकारलाई ध्यानाकर्षण जारी गरे यस्तो विज्ञप्ती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः मानव अधिकारवादी संस्था न्यायका लागि मानव अधिकारले सरकारले कोभिड १९ बाट संक्रमित व्यक्तिहरुको पक्षमा काम नगरेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

संयोजक ईन्द्रप्रसाद अर्यालद्वारा जारी विज्ञप्तीमा सरकारले नेपालको संविधान, कानुन तथा नेपाल पक्ष भएका मानवअधिकार सन्धिहरुले संरक्षण गरेको मानिसको बाँच्न पाउने हक, स्वास्थ्यको हक लगायतको मौलिक मानवअधिकारको गम्भिर उल्लंघन भएको उल्लेख गरिएको छ ।

‘देशमा कोभिड १९ को महामारी बढी रहँदा सरकारले संक्रमित व्यक्तिहरुको पक्षमा काम नगरेको, स्वास्थ्य क्षेत्रमा अराजकतामा बृद्धि हुँदै गएको, वैदेशिक रोजगारी गुमाएका नेपालीहरुलाई देश फर्काउन न्यायोचित व्यवस्था गर्न नसकेको, कोभिड संक्रमितहरुले समयमा उपचार नपाएको, दुव्र्यवहार भोग्नु परेको, स्वास्थ्यकर्मीहरुउपर दुव्र्यवहार बढेकोतर्फ सञ्जालको गम्भिर ध्यानाकर्षण भएको’ विज्ञप्तीमा जनाइएको छ ।

मानवअधिकारको संरक्षण गर्नका लागि सरकार तथा सम्बद्ध पक्षले तत्काल अबिलम्ब गर्नुपर्ने भन्दै सञ्जालले विभिन्न बुँदामा सुझाव प्रस्तुत गरेको छ । विज्ञप्तीमा दैनिक काम गरी जीविकोपार्जन गर्ने नागरिकलाई जीविकोपार्जनका लागि तुरुन्त न्यायोचित राहत उपलब्ध गराउन, कोरोना संक्रमितमाथि विभेद गर्ने, रोकथाम तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्ने दोषीहरु उपर तुरुन्त कारवाही अगाडि बढाउन माग गरिएको छ ।

कोरोना संक्रमितले उपचारनपाई मृत्युवरण गर्नुपर्ने अवस्था रोक्न, नीजि तथा सरकारी अस्पताल, मेडिकल कलेज लगायत स्वास्थ्य संस्थाहरुलाई क्रियाशिल एवम् उत्तरदायी बनाउन भनिएको छ ।

औषधी तथा स्वास्थ्य सामग्रीहरुमाथि कालाबजारी गर्ने उपर कारवाही, बन्दाबन्दी र निषेधाज्ञाको समयमा अत्यावश्य कामका शीलशिलामा घरबाहिर निस्कनु पर्ने बाध्यता भएकाहरुमाथि पनि सुरक्षाकर्मीहरुले दुव्र्यवहार गरेको पाइएकोले त्यस्तो दुव्र्यवहार रोक्न र दोषीउपर कानुनी कारवाही गर्न माग गरिएको छ ।

अगंपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुको मनोबल बढाउन र उनीहरुका परिवारका सदस्यहरुलाई सम्भावित संक्रमणको भयबाट मुक्त राख्न सरकारले आवश्यक कदम चाल्नुपर्ने बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार