असार २१, २०८२ शनिबार July 5, 2025

दोलखामा कुकुरले टोकेकामध्ये ३ जनाको मृत्यु, गलत भ्याक्सिन दिएको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः डेढ महिनाअघि दक्षिणी दोलखाको मेलुङ गाउँपालिकामा छाडा कुकुरले टोकेकामध्ये ३ जनाको मृत्यु भएको छ।

असार २६ गते मेलुङ गाउँपालिका–६, तिनपिप्लेमा २ घण्टाको अवधिमा छाडा कुकुरले १० जनालाई टोकेको थियो। त्यसमध्ये विभिन्न समयमा ३ पुरुषको मृत्यु भएको छ। मेलुङ गाउँपालिका-६, तिनपिप्लेका ३२ वर्षीय रामचन्द्र भण्डारीको बुधबार बिहान पाटन अस्पतालमा मृत्यु भएपछि छाडा कुकुरले टोकेर मृत्यु भएको घटना बाहिर आएको हो।

रेविज रोगकै कारण भण्डारीको मृत्यु भएको पाटन अस्पताल ललितपुरले पुष्टि गरेको मेलुङ गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख हरिराम चापागाईंले जानकारी दिए। गाउँपालिकाले प्राप्त गरेको तथ्याङमा १० जनालाई छाडा कुकुरले टोकेको र बाँकी ७ जनामा रेविज रोगको लक्षण नदेखिएको शाखा प्रमुख चापागाईंले बताए।

छाडा कुकुरले टोकेर मृत्यु हुनेमा मेलुङ गाउँपालिका(५ का १५ वर्षीय सुरेश विक र बैत्यश्वर गाउँपालिका घर भएर मेलुङ मामाघर गएको बेला कुकुरले टोकेर घाइते भएर प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचारको क्रममा ८ वर्षीय कुशल नेपालीको मृत्यु भएको मेलुङ गाउँपालिका-६ का वडाध्यक्ष राजुकुसुम लामाले जानकारी दिए।

बुधबार मृत्यु भएका भण्डारीलाई मेलुङ गाउँपालिका(६, स्थित स्थानीय मेडिकलले रेविज रोगको गलत भ्याक्सिन दिएको आरोपमा स्थानीयले मेडिकल तोडफोड गरेको प्रहरीले जनाएको छ। सीएमए पास गरेर स्थानीय बजारमा मेडिकल र फार्मेसी खोलेका स्वास्थ्यकर्मीले रेविज विरुद्धको भ्याक्सिन दिएको पाइएकोले प्रहरीले नियन्त्रणमा लिएर चरिकोट ल्याइएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायली हस्तक्षेपविरुद्ध पाँच वामपन्थी दलको साझा विरोध कार्यक्रम घोषणा
२०८२ असार २१, शनिबार
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार