असार २१, २०८२ शनिबार July 5, 2025

महामारीको मर्कामा स्रोह्र श्राद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः भाद्र शुक्ल पूर्णिमा अर्थात् आगामी बुधबार सोह्र श्राद्ध सुरु हुँदै छ। पितृकार्यलाई शास्त्रहरूमा देवकार्यभन्दा ठूलो मानिएको छ। पितृहरूका नाममा गरिने सोह्र श्राद्धलाई महालय श्राद्ध पनि भनिन्छ।

धर्मशास्त्रअनुसार पितृकार्य नगर्दा दोष लाग्छ नै, समयमै नगरे पनि दोष लाग्छ। तर, कोरोना महामारी बढिरहेकाले भेटघाट, जमघटको परिस्थिति छैन। यस्तो अवस्थामा सोह्र श्राद्ध कसरी गर्ने ? यजमानहरू अलमलमा परेका छन्।

यजमानहरू मात्र होइन, धार्मिक विद्वान्हरू पनि यसमा चिन्तित छन्। कतिपयको राय भर्चुअल (अनलाइन) श्राद्ध गर्नेछ। कतिपय ब्राह्मण सामुन्ने भएरै गर्नुपर्ने पक्षमा छन्। उनीहरू भन्छन्, ‘पछि सार्न पनि शास्त्रले रोकेको छैन। बरु सारौं।’

वैदिक कर्मकाण्ड महासंघ नेपालका कार्यवाहक अध्यक्ष रामचन्द्र भण्डारी महामारीबीच श्राद्ध गर्न भर्चुअल विधि अपनाउन सकिने बताउँछन्। ‘असम्भव भन्ने के नै छ र अब ? कहिल्यै नगरेको भनेर केहीलाई अलि नौलो लाग्न सक्छ।

तर यो समयसापेक्ष बनाउन सकिन्छ’, उनी भन्छन्। उनका अनुसार यजमान र पण्डित÷पुरोहितबीच सहज र सहमति भए म्यासेन्जर, ह्वाट्सएप, जुमलगायत भर्चुअल माध्यमबाट सोह्र श्राद्ध गरेर पितृको उद्धार गर्न सकिन्छ।

‘पुरोहित नजिकै भए श्राद्ध सकेपछि दूरी कायम गर्दै दानदक्षिणा गरे भयो’, उनी भन्छन्, ‘नत्र बैंक खाता, ई–सेवा, खल्तीजस्ता प्रविधि प्रयोग गरेर पठाउन पनि सकिन्छ।’

राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्रा डा माधव भट्टराई ‘अन्तिम विकल्प’का रूपमा भर्चुअल विधिबाट सोह्र श्राद्ध गर्न सकिने बताउँछन्। ‘सोह्र श्राद्धमा केही नगरी बसे पितृ असाध्यै रुष्ट हुन्छन्, दिन पर्खेर बसेका हुन्छन्।

त्यसैले सन्तानले पिण्डपानी दिएपछि तृप्त हुँला भनेर पर्खिएकाले समयमै गर्नुपर्छ’, पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष डा। भट्टराई भन्छन्, ‘अन्यथा पितृ निराश हुन्छन्। उनीहरूमा सुस्केरा आउँछ। पितृ रिसाए सन्तानको सुख, समृद्धि हरण हुन्छ भन्ने मान्यता छ।’

त्यसकारण कोरोनाका कारण अरू विकल्प नभए वैज्ञानिक प्रविधिले दिएको सुविधा प्रयोग गरेरै भए पनि श्राद्ध गर्नुपर्नेमा उनको जोड रहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार