भाद्र ६, २०८३ शनिबार August 22, 2026

‘एआई’ केवल भविष्यको सपना मात्रै नभई वर्तमानको आवश्यकता हो : सभापति देउवा

काँग्रेस सधैँ नवप्रवर्तन र प्रविधिमार्फत सामाजिक रूपान्तरणको पक्षमा उभिँदै आएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाटन (ललितपुर) । पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कृत्रिम बौद्धिकता (एआई)केवल भविष्यको सपना मात्रै नभई वर्तमानको आवश्यकता भएको बताउनुभएको छ ।

नेपाली काँग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागद्वारा पार्टीको केन्द्रीय कार्यालयमा आयोजित ‘नेपालको विकासका लागि कृत्रिम बौद्धिकता समग्र विश्लेषण’ विषयक कार्यक्रममा उहाँले सूचना प्रविधिले जनतालाई छिटो, सजिलो र पारदर्शी ढङ्गले सेवा दिन उल्लेखनीय भूमिका खेलिरहेको बताउनुभयो ।

सभापति देउवाले भन्नुभयो,“आजको युग विज्ञान र प्रविधिको युग हो, एआई अब केवल भविष्यको सपना होइन, यो अहिलेको आवश्यकता हो । हामीले यसको प्रयोग शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवा प्रवाहमा जिम्मेवार र प्रभावकारी रूपमा गर्न आवश्यक छ ।”

उहाँले घर–घरमा इन्टरनेटको पहुँच, मोबाइल बैङ्किङ, अनलाइन फाराम, डिजिटल स्वास्थ्य सेवा तथा डिजिटल शिक्षा जस्ता सबै प्रविधिमैत्री योजनाले जनताको जीवनशैली सरल, समावेशी र सम्मानजनक बनाउँदै लगेको उल्लेख गर्नुभयो ।

“काँग्रेस नेतृत्वको सरकारको अग्रसरतामा जारी भएका दूरसञ्चारसम्बन्धी नीति, ऐन र नियमले आज नेपालका टाढाका बस्तीहरू र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याएको छ । प्रविधिको क्षेत्रमा अझ धेरै काम गर्न बाँकी नै छ, एक क्लिकमै बैङ्किङ सेवा, सरकारी जानकारी, कृषि परामर्श वा स्वास्थ्य सल्लाह उपलब्ध गराउने व्यवस्था यिनै उदार र अग्रगामी नीतिको परिणाम हो भन्नेमा दुई मत छैन”, सभापति देउवाले भन्नुभयो ।

उहाँले काँग्रेस सधैँ नवप्रवर्तन र प्रविधिमार्फत सामाजिक रूपान्तरणको पक्षमा उभिँदै आएको भन्दै पार्टीले सूचना प्रविधिमार्फत आर्थिक गतिविधि बढाउन प्रतिबद्ध रहेको बताउनुभयो । पूर्व प्रधानमन्त्री देउवाले प्रविधिमा पहुँच पुर्‍याई युवा उद्यमी, अनुसन्धानकर्ता र समग्र निजी क्षेत्रको सृजनशीलता प्रवर्द्धन गर्ने,  जनतालाई केन्द्रमा राखेर उपलब्धि–केन्द्रित प्रविधि नीति बनाउने पक्षमा पार्टी क्रियाशील रहेको पनि जानकारी गराउनुभयो । “अब सबै मिलेर प्रविधिमैत्री, नवप्रवर्तनशील  र समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको छ ।  विज्ञान तथा सूचना प्रविधि क्षेत्रका विविध समस्या सम्बन्धमा काँग्रेसले गहिरोसँग नियालिरहेको छ”, उहाँको भनाइ थियो ।

कृत्रिम बौद्धिकता (एआई) विज्ञ डा सुरेश पोखरेलले एआईको तीव्र विकास भइरहेको  र अब यसको समुचित उपयोगबिना सहज विकास असम्भव भएको बताउनुभयो ।

पार्टीको विज्ञान तथा सूचना प्रविधि विभाग प्रमुख सुशीला भट्ट मिश्रले कृत्रिम बौद्धिकताको युगमा नेपालको विकासलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने अभिप्रायले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

उहाँले मानिसको दैनिक जीवनमा सहजता ल्याउन बहस र छलफलका माध्यमबाट आवश्यक नीति तय गर्दै समस्या र चुनौती सामना गर्न आवश्यक रहेको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कापमाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण
२०८३ भाद्र ६, शनिबार
‘टप इन्ड टी–२० क्रिकेट सिरिज’ : नेपाल ‘ए’ पुरुष टोलीको लगातार दोस्रो पराजय
२०८३ भाद्र ६, शनिबार
पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
२०८३ भाद्र ६, शनिबार
नेपाल सहित ७५ देशका आप्रवासीलाई भिसा रोक्ने ट्रम्प नीति अदालतद्वारा खारेज
२०८३ भाद्र ६, शनिबार
जिल्ला स्तरीय समिति गठन र भेला गर्ने अग्रगामी मोर्चाको निर्णय
२०८३ भाद्र ६, शनिबार
सरकार र नागरिक बचाउ महाभियान नेपाल’बिच १४ बुँदे सहमति (पत्रसहित)
२०८३ भाद्र ६, शनिबार
गरिमा चौधरीलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
२०८३ भाद्र ६, शनिबार