काठमाण्डाैंः रोल्पामा एक जनाको हत्या भएको छ । परिवर्तन गाउँपालिका-६ बागमाराका ४० वर्षीय मन बहादुर बादीको हत्या भएको रोल्पाका प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए ।
प्रहरीले हत्याको आरोपमा स्थानीय ४४ वर्षीय रामचरण बादीलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको उनले बताए । रामचरण बादीले चिर्पट दाउराले हानेर मन बहादुरको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया