असोज ११, २०८३ आइतबार September 27, 2026

एथलेटिक्स खेलाडी चन्द्रकलामाथी भएको कुटपिटमा संलग्नमाथी कार्वाही गरः राखेप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः एथ्लेटिक्सका कीर्तिमानधारी खेलाडी चन्द्रकला लामगादेमाथि भएको जातीय विभेदसहितको कुटपिटमा राष्ट्रिय खेलकुद् परिषद् (राखेप)ले आपत्ति जनाएको छ ।

राखेपका उपाध्यक्ष शिव कोइरालाले आज विज्ञप्ति जारी गर्दै राष्ट्रिय कीर्तिमानी खेलाडीमाथि दलित भएका आधारमा निर्घात कुटपिट घटनाका दोषीमाथि प्रचलित कानुनबमोजिम हदैसम्मको कारवाही गर्न राज्यका सम्बद्ध निकायको ध्यानाकर्षण गराएका छन् ।

राखेप उपाध्यक्ष कोइरालाले पीडित खेलाडीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आवश्यक सहयोग राखेपबाट गरिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

यही भदौ ८ गते राति झापाको मेचीनगर नगरपालिका-१३ चारआलीमा दलित युवकलाई कुटपिटबाट जोगाउने क्रममा स्थानीयवासी दुर्गा श्रेष्ठ र उनकी श्रीमती विष्णुले जातीय विभेदयुक्त गालीगलोज गर्दै चन्द्रकला र उनका श्रीमान् सुमन खातीमाथि आक्रमण गरेका थिए ।

लामगादेले आठौँ राष्ट्रिय खेलकूूद प्रतियोगितामा दुई स्वर्णपदक जितेकी थिइन् । उनी नेपाल पुलिस एकेडेमीका खेलाडी छिन् । उनको अहिले झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया