असार २१, २०८२ शनिबार July 5, 2025

निषेधाज्ञा उल्लङघन गरेको भन्दै होम डेलिभरी र टेक अवे सेवा प्रदायक प्रहरी नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः निषेधाज्ञाको बेला ‘होम डेलिभरी र टेक अवे’ सेवा प्रदान गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अत्यावश्यक सामग्री भन्दै पिज्जा र मःमजस्ता खानेकुरा तथा अत्यावश्यक सामग्रीको सूचीमा नपर्ने सामानहरू होम डेलिभरी गरेको भन्दै उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट ठूलो संख्यामा अनलाईन सेवा प्रदायक कम्पनीका कर्मचारी र व्यवसायीहरुलाई नियन्त्रणमा लिएको हो। यूजी केककी सञ्चालिका निकिता आचार्य, फूडमाण्डुका सञ्चालक मनोहर अधिकारी, एम एक्सप्रेसका सञ्चालक संगम सिंह, अनलाइन बिक्री केन्द्र किरानाका सागर भट्ट, विग मार्टका कर्मचारीलगायत ६५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरुलाई ४ घण्टा प्रहरी कार्यालय नजिकको होल्डिङ स्टेशनमा राखिएको थियो। बिहिबार बेलुकी जिल्ला प्रशासन कार्यालयले चेतावनीसहित छाड्न प्रहरीलाई निर्देशन दिएको थियो। प्रहरीले अनावश्यक सामान ओहोरदोहोर नगराउने शर्तमा उनीहरुलाई छाडेको छ। ठूलो संख्या भएकाले पनि उनीहरुलाई हिरासतमा राख्न नसकिएको प्रहरीका भनाई छ।

अत्यावश्यक सामग्रीहरु डेलिभरी गर्न/गराउन जिल्ला प्रशासन कार्यालयले नियमानुसार छुट दिएपनि सो नियमको दुरुपयोग गरी केही अनलाईन सेवा प्रदायकहरुले अत्यावश्यक नरहेका इलेक्ट्रोनिक, रेष्टुरेन्टमा बनेका खानेकुरा, डोरम्याट, फेन्सीलगायतका सामग्रीहरु बोकेर सडकमा ओहोरदोहोर गरेको पाइएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। उनका अनुसार अत्यावश्यक बाहेकका सामान डेलिभरी गरेको पाइएपछि केहीलाई नियन्त्रणमा लिइएको हो।

प्रशासनले अत्यावश्यक भनेर सूचनामा उल्लेख नगरेका सामान समेत ढुवानी हुन थालेपछि नियन्त्रणमा लिनुपरेको उनको भनाई छ। उनले भने, ‘केक, मम, पिज्जाजस्ता खानेकुरा अत्यावश्यक सेवामा पर्दैनन्, यस्तो बेलामा होटलबाट अर्डर गरेर खानेकुरा खानु राम्रो होइन, घरमा पकाउन आवश्यक पर्ने सामग्री सहजै किन्न पाइन्छ, तर केक, पिजा, वर्गर, मम, चाउमिनजस्ता खानेकुरा अनलाईनमार्फत अर्डर गरेर खानु राम्रो भएन।’ उनले अनलाइनमार्फत् अडर गरिएको सामान घरघरमा पुर्या’उन जाँदा संक्रमण फैलन सक्ने भय देखिएकाले पनि प्रहरीले कडाई गरेको हो। सरकारले अत्याश्वयक सामग्री बाहेकका अन्य सामग्री ओहोरदोहोरमा बन्देज गरेको बेला अनलाईनमार्फत होम डेलिभरी सेवा हिड्नेको संख्या बढ्दो छ। जिल्ला प्रशासन कार्यालय काडमाडौंका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले राजपत्रमा खाद्यान्न सामग्री भनेर उल्लेख भएका खाद्य सामग्रीहरुको होम डेलिभरी गर्न पाउने भएपनि होटलमा बनेका तयारी खानेकुरा ओसारपसार गर्न नपाइने बताए। चामल, दाल, तेल, नुन, औषधीजस्ता अत्यावश्यक बोकेकालाई नरोकिएको उनको भनाई छ।

प्रहरी नियन्त्रणमा परेकी युजी केककी सञ्चालिका निकीता आचार्यले आफूलाई कार्यालयमै प्रहरी पुगेर नियन्त्रणमा लिएको गुनासो गरिन्। उनले अनावश्यक वस्तुहरु होम डेलिभरी नगरेको दाबी गरिन्। ‘हामीले ग्राहकको विश्वास तोड्दैनौं, आवश्यक परेको सामान मात्रै पुर्या‘एका छौं, तर प्रहरीले यसरी पक्राउ गर्नु राम्रो होइन,’ उनले भनिन्।

नेपाल ई-कमर्स तथा अनलाईन डेलिभरी सेवा संचालकहरुको साझा फोरम सेवा प्रदायकलाई नियन्त्रणमा लिइएको घटनाको विरोध गरेको छ। सर्वसाधरणलाई अत्यावस्यक सेवा प्रदान गर्ने वातावरण बानाउन समेत माग गरिएको छ। अन्यथा सेवा सेवा बन्द गर्न बाध्य हुने र त्यसबाट पर्ने कठिनाईको जिम्मेवार पनि प्रहरी प्रशासन नै हुने जारी विज्ञप्तिमा जनाइएको छ। नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार