मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

पूर्वउमन्त्री कञ्चनचन्द्र वादेलाई कोरोना संक्रमण, ह्याम्सको आइसियूमा उपचार हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः पूर्व उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेलाई कोरोना संक्रमण भएको  छ । कोरोना संक्रमणपछी उनी काठमाडौंस्थित ह्याम्स अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उनको अवस्था सुधारोन्मुख रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

काभ्रे स्थायी ठेगाना भएका उनले १० दिनअघि ज्वरो आएपछि बनेपामा नै उपचार गराएका थिए। तर स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई काठमाडौं रेफर गरिएको थियो। काठमाडौंमा कोरोना भाइरसको परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ पाइएको अस्पतालले जानकारी दिएको छ ।

हाल उनको अवस्थामा सुधार भएकाले आइसियूबाट सामान्य बेडमा सार्ने तयारी भइरहेको समेत अस्पतालले जानकारी दिएको छ। केही समयअघि उनले मुटुको समेत उपचार गराएका थिए ।

दोस्रो संविधान सभा निर्वाचनमा काभ्रे-३ बाट नेपाली कांग्रेसका तर्फबाट विजयी भएका वादे प्रचण्ड नेतृत्वको सरकारका पालामा उद्योग राज्यमन्त्री बनेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिपी राजमार्ग : चौडा बनाउन पौने चार अर्बको स्रोत–प्रस्ताव
२०८३ मंग्सिर १, मंगलबार
एनपिएलः सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
मधेसमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको अनुगमन, सुधारमा जोड
२०८३ मंग्सिर १, मंगलबार
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा
२०८३ मंग्सिर १, मंगलबार
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
२०८३ मंग्सिर १, मंगलबार
मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट
२०८३ मंग्सिर १, मंगलबार
सहकारी ठगी मुद्दामा अध्यक्ष नेपालीसहित सात जनालाई कैद र जरिवाना
२०८३ मंग्सिर १, मंगलबार