काठमाडौंः अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ गत १ चैतमा रिलिज हुन सकेन । त्यतिबेलाबाटै कोरोनाको त्रास देखिएपछि यो फिल्म रोकियो ।
सो फिल्म रोकिएकै बेला यी जोडी यतिबेला एउटा नयाँ म्युजिक भिडियोमा प्रस्तुत भएका छन् । यो जोडी लामो समयपछि म्युजिक भिडियोमार्फत प्रस्तुत भएका हुन् ।
सरोज ओली र रचना रिमालको गीत पहिलोपल्ट भेट हुँदा…को भिडियोमा पूजा र पल प्रस्तुत भएका हुन् । गायक तथा निर्देशक सरोज ओलीको पछिल्ला भिडियोहरूमा पल शाह प्रस्तुत हुँदै आएका छन् । एक महिनामा सरोजले आफ्नो चारवटा गीतको भिडियोमा पललाई अभिनय गराइसकेका छन् ।
बिहीबार रिलिज भएको सरोजको गीतलाई गज्जब टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । यो गीतलाई दिनेश थपलियाले लेखेका हुन् । जसमा संगीत अर्जुन पोख्ररेलको रहेको छ ।
गत महिना आकाश श्रेष्ठसँग नयाँ भिडियो गरेकी पूजाले यतिबेला पलसँग यो भिडियोमा काम गरेकी हुन् । यो गीतको भिडियो काठमाडौंमा निषेधाज्ञा सुरु हुनु अघि नै गरिएको गायक सरोजले बताए ।
यो गीतको भिडियो निर्देशन कविराज गहतराजले गरेका हुन् । भिडियामा छायांकन नवराज उप्रेती र सम्पादन अमन मानन्धरको रहेको छ । राजधानी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया