श्रावण ८, २०८२ बिहिबार July 24, 2025

चितवनमा एकसातासम्म निषेधाज्ञा लम्बियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः जिल्ला प्रशासन कार्यालय चितवनले पुनः एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।  सुरक्षा निकायका प्रमुख र सरोकारवालाहरुको बैठकले आगामी भदौ १९ गतेसम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

चितवनमा कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले निषेधाज्ञाको अवधि बढाउनु पर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले जानकारी दिए । उनका अनुसार अत्यावश्यक सेवा अन्तर्गत देखिएको बैंक तथा वित्तिय संस्थालाई भने केही खुकुलो बनाइने भएको छ ।

व्यवसायीहरु र अन्य नागरिकबाट गुनासो आएकाले बैंक तथा वित्तिय संस्था, केही खुकुलो बनाउने निर्णय भएको शर्माले बताए । साथै उद्योगधन्दा भित्र निश्चित स्थानमा क्वारेन्टाइनको व्यवस्था गरी आवाजजावत गर्न सकिने र कृषिजन्य ढुवानी, खानेपानी, बिजुली, इन्टेरनेट लगायतका सवारीसाधनलाई खुकुलो बनाइने निर्णय गरिएको छ ।

चितवन प्रशासनले पहिलो चरणमा साउन ३० गतेदेखि लागु  हुने गरी भरतपुर महानगरपालिकामा निशेधाज्ञा जारी गरेको थियो । त्यसपछि साउन ३२ रातिदेखि भदौं ५ गतेसम्मका लागि माडी नगरपालिका बाहेक सबै स्थानीय तहमा निषेधाज्ञा जारी गरेको थियो । यसअघि प्रशासनले भदौ ६ गतेदेखि शुक्रबार रातिसम्म लागु हुनेगरी जिल्लाभरी नै निषेधाज्ञा जारी गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार