भाद्र ६, २०८३ शनिबार August 22, 2026

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वी फर्कँदै चार अन्तरिक्ष यात्री

स्पेसएक्सको सहकार्यमा सञ्चालित यो मिसन नासाको व्यावसायिक अन्तरिक्ष यात्री आदानप्रदान कार्यक्रमको दशौँ औपचारिक उडान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लस एन्जलस, साउन २४ गते । पाँच महिना लामो अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बसाइपछि नासाको क्रु-१० अन्तरिक्ष मिशनमा सहभागी चार जना अन्तरिक्ष यात्री शुक्रबारदेखि पृथ्वी फर्कने यात्रामा निस्किएका छन् ।

उहाँहरू सवार अन्तरिक्ष यान शुक्रबार साँझ ६ः१५ बजे (पूर्वी समय अनुसार) आईएसएसको हार्मोनी मोड्युलबाट सफलतापूर्वक अलग भएको हो । सो यान शनिबार बिहान ११ः३३ बजे अमेरिकाको क्यालिफोर्नियाको समुद्री तट नजिक अवतरण हुने तालिका रहेको नासाले जनाएको छ ।

यस मिसनमा नासाका दुई महिला अन्तरिक्ष यात्री एनी म्याकक्लेन र निकोल एयर्स, जापान अन्तरिक्ष अनुसन्धान संस्था (जाक्सा) का टाकुया ओनिशी र रुसका अन्तरिक्ष यात्री किरिल पेस्कोभ सहभागी छन् । स्पेसएक्सको सहकार्यमा सञ्चालित यो मिसन नासाको व्यावसायिक अन्तरिक्ष यात्री आदानप्रदान कार्यक्रमको दशौँ औपचारिक उडान हो, जसअन्तर्गत विभिन्न अन्तर्राष्ट्रिय अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्ष स्टेशनमा पठाइने गरिएको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वी फर्कँदै चार अन्तरिक्ष यात्री

लस एन्जलस, साउन २४ गते । पाँच महिना लामो अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बसाइपछि नासाको क्रु-१० अन्तरिक्ष मिशनमा सहभागी चार जना अन्तरिक्ष यात्री शुक्रबारदेखि पृथ्वी फर्कने यात्रामा निस्किएका छन् ।

उहाँहरू सवार अन्तरिक्ष यान शुक्रबार साँझ ६ः१५ बजे (पूर्वी समय अनुसार) आईएसएसको हार्मोनी मोड्युलबाट सफलतापूर्वक अलग भएको हो । सो यान शनिबार बिहान ११ः३३ बजे अमेरिकाको क्यालिफोर्नियाको समुद्री तट नजिक अवतरण हुने तालिका रहेको नासाले जनाएको छ ।

यस मिसनमा नासाका दुई महिला अन्तरिक्ष यात्री एनी म्याकक्लेन र निकोल एयर्स, जापान अन्तरिक्ष अनुसन्धान संस्था (जाक्सा) का टाकुया ओनिशी र रुसका अन्तरिक्ष यात्री किरिल पेस्कोभ सहभागी छन् । स्पेसएक्सको सहकार्यमा सञ्चालित यो मिसन नासाको व्यावसायिक अन्तरिक्ष यात्री आदानप्रदान कार्यक्रमको दशौँ औपचारिक उडान हो, जसअन्तर्गत विभिन्न अन्तर्राष्ट्रिय अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्ष स्टेशनमा पठाइने गरिएको छ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कापमाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण
२०८३ भाद्र ६, शनिबार
‘टप इन्ड टी–२० क्रिकेट सिरिज’ : नेपाल ‘ए’ पुरुष टोलीको लगातार दोस्रो पराजय
२०८३ भाद्र ६, शनिबार
पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
२०८३ भाद्र ६, शनिबार
नेपाल सहित ७५ देशका आप्रवासीलाई भिसा रोक्ने ट्रम्प नीति अदालतद्वारा खारेज
२०८३ भाद्र ६, शनिबार
जिल्ला स्तरीय समिति गठन र भेला गर्ने अग्रगामी मोर्चाको निर्णय
२०८३ भाद्र ६, शनिबार
सरकार र नागरिक बचाउ महाभियान नेपाल’बिच १४ बुँदे सहमति (पत्रसहित)
२०८३ भाद्र ६, शनिबार
गरिमा चौधरीलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
२०८३ भाद्र ६, शनिबार