कार्तिक २५, २०८३ बुधबार November 11, 2026

नेप्से परिसुचक लगातार ओरालो यात्रामा

१ करोड ५८ लाख ४७ हजार ८७३ कित्ता शेयर कारोबार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । पछिल्ला केहि दिनदेखि शेयर बजार ओरालो लागि रहेको छ। बुधबार नेप्से परिसुचक १०.५० अंकले घटेर २७८५.७४ बिन्दुमा पुगेर रोकिएको छ। यसअघि मंगलबार नेप्से परिसुचक २७९६.२४ बिन्दुमा पुगेर बन्द भएको थियो। नेप्से निरन्तर रुपमा ओारालो लाग्दा कारोबार रकम पनि घट्दै गएको छ।

आज कुल ३२१ स्टकको ६ अर्ब १६ करोड १८ लाख ९४ हजार ७३४ रुपैयाँ बराबरको १ करोड ५८ लाख ४७ हजार ८७३ कित्ता शेयर कारोबार भएको छ। मंगलबार ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार ५०७ रुपैयाँ बराबरको १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता शेयर कारोबार भएको थियो। आज सेन्सेटिभ इन्डेक्स १.६१ अंकले घटेको छ। फ्लोट इण्डेक्स ०.६९ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.६५ अंकले घटेको छ।

यसदिन मायाखोला हाइड्रोपावरको शेयर मूल्य २५.०५ रुपैयाँले बढेर ४६१.१३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। सानीमा लार्ज क्याप फण्डको शेयर मूल्य प्रतिकित्ता ०.४६ रुपैयाँले बढेर ११.११ रुपैयाँमा अन्तिम कारोबार भएको छ। नेपाल रिपब्लीक मिडिया लिमिटेडको शेयर मूल्य प्रतिकित्ता १७.३६ रुपैयाँले बढेर ४९२.१५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी सप्तकोशी विकास बैंकको शेयर मूल्य प्रतिकित्ता २७.९७ रुपैयाँले बढेर ८६८.१७ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यसदिन कुमारी बैंकको डिबेन्चरको मूल्यमा नकारात्मक सर्किट लागेको छ। यसको मूल्य प्रतिकित्ता ११७ रुपैयाँले घटेर १११७ रुपैयाँमा अन्तिम कारोबार भएको छ। सिकलेस हाइड्रोपावर कम्पनीको शेयर मूल्य यसदिन प्रतिकित्ता ७४.५५ रुपैयाँले घटेर ९५७.९६ रुपैयाँमा अन्तिम कारोबार भएको छ। बलेफी हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ७.२४ रुपैयाँले घटेर २०२.३५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यसदिन बलेफी हाइड्रोपावर, युनाइटेड मोदी इनर्जी, सिव्म सिमेन्ट, नेपाल रिइन्स्योरेनस लिमिटेड र एनआरएन इन्फ्रास्टक्चरको शेयर सबैभन्दा धेरै कारोबार भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार
राष्ट्रपति पौडेलले बहिनी शारदाबाट लगाए भाइटीका
२०८३ कार्तिक २५, बुधबार
ट्रम्पको बिबिसीविरुद्धको मुद्दा अघि बढ्ने
२०८३ कार्तिक २५, बुधबार
Bhai Tika strengthens bonds of love among siblings : PM Shah
२०८३ कार्तिक २५, बुधबार
धार्मिक, सामाजिक र सांस्कृतिक विविधताबीच सद्भाव कायम गर्न फाल्गुनन्दको योगदान : राष्ट्रपति पौडेल
२०८३ कार्तिक २५, बुधबार
विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ कार्तिक २५, बुधबार
बाढीपहिरोले अवरुद्ध बेनीको खानेपानी सेवा वैकल्पिक पाइपलाइनबाट सञ्चालनमा
२०८३ कार्तिक २५, बुधबार