असार २१, २०८२ शनिबार July 5, 2025

७१ जना पत्रकारमा कोरोना सङ्क्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल पत्रकार महासङ्घले अहिलेसम्म देशभर ७१ जना पत्रकारमा कोभिड १९ भाइरस सङ्क्रमण भएको बताईएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै महासङ्घले सो जानकारी गराएको हो ।

‘नेपाल पत्रकार महासङ्घको अभिलेखअनुसार उच्च जोखिमबीच अग्रभागमा रहेर पेशागत कर्म निर्वाहका क्रममा अहिलेसम्म ७१ जना पत्रकार तथा सञ्चारकर्मी कोरोनाबाट सङ्क्रमित भएका छन्’ महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

महासङ्घले सात प्रदेशमध्ये छ प्रदेशका पत्रकार सङ्क्रमित भएको जनाएको छ । महासङ्घकाअनुसार प्रदेश १ मा १३ जनामध्ये मोरङका १२ र उदयपुरका एक जना पत्रकार सङ्क्रमित भएका छन् । त्यस्तै, प्रदेश २ मा २७ जनामध्ये पर्सामा १३, बारामा चार, धनुषामा दुई , सप्तरी तीन, सर्लाही तीन, महोत्तरी एक र रौतहटमा एक जना पत्रकार सङ्क्रमित भएका छन् ।

सोहीअनुसार बागमती प्रदेशमा ११ जना पत्रकार सङ्क्रमित भएका छन् । जसमा काठमाडौं नौ र ललितपुरमा दुई जना सङ्क्रमित छन् । महासचिव विष्टले दिएको जानकारीअनुसार गण्डकी प्रदेशमा आठ जना पत्रकार सङ्क्रमित भएका छन् । जसमध्ये नवलपुरका सात र कास्कीका एक जना पत्रकार छन् ।

त्यस्तै, प्रदेश ५ मा ११ जनामध्ये बाँकेमा दुई , बर्दियामा एक, कपिलवस्तुमा छ र रुपन्देहीमा दुई पत्रकार सङ्क्रमित भएका छन् । सोहीअनुसार कर्णाली प्रदेशमा एक जना पत्रकार सङ्क्रमित भएका छन् । उनि दैलेखका हुन् । सुदूरपश्चिममा भने अहिलेसम्म पत्रकार सङ्क्रमित नरहेको महासङ्घले बताएको छ ।

सङ्क्रमित पत्रकारमध्ये केही निको भइसकेका छन् भने केही उपचाररत अवस्थामा छन् । उपचाररत सबै पत्रकारको शीघ्र स्वास्थ्यलाभको महासङ्घले कामना गरेको छ । महामारीकाबीच आफ्नो जिम्मेवारीमा क्रियाशील पत्रकारको महासङ्घले प्रशंसा गरेको छ । सरकारसँग सबै पत्रकारको पीसीआर टेष्ट निःशुल्क गर्नुपर्ने र उपचाररत पत्रकारको उचित उपचारको व्यवस्थाको माग गरेको छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार