श्रावण १९, २०८३ मंगलबार August 4, 2026

चिकित्सा शिक्षा आयोगको २१ औँ बैठकः सङ्ख्या वृद्धिसहित सिट निर्धारण

‘पिसिएल’ तहको सङ्ख्या वृद्धिसहित सिट निर्धारणको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २९ साउन । चिकित्सा शिक्षा आयोगको २१औँ बैठकले यस शैक्षिकसत्रका लागि चिकित्सा शिक्षाको विभिन्न तह र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को ‘पिसिएल’ तहको सङ्ख्या वृद्धिसहित सिट निर्धारणको निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा आयोगको सिट निर्धारण समितिको सिफारिस बमोजिम सो निर्णय गरेको हो ।

गत असार ३२ गते भएको आयोगको २०औँ बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका कार्यक्रमको सिट निर्धारण गर्न प्रक्रिया अघि बढाएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया