कार्तिक २५, २०८३ बुधबार November 11, 2026

महिला उद्यमी महासंघ नेपालको बागमती प्रदेश कमिटी गठन

अर्पना प्रधानको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा गीता अमात्य (नुवाकोट) लगायत ९ सदस्यीय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, साउन २९ । महिला उद्यमी महासंघ नेपालले बागमती प्रदेश कमिटी गठन गरेको छ। ७७ वटै जिल्लामा शाखा विस्तारको अभियान अन्तर्गत गठन गरिएको यो चौथो प्रदेश कमिटी हो। यसअघि महासंघले कोशी, लुम्बिनी र कर्णाली प्रदेशमा शाखा स्थापना गरिसकेको छ।

सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको उपस्थितिमा भएको कार्यक्रममा अर्पना प्रधानको अध्यक्षतामा ९ सदस्यीय बागमती प्रदेश कमिटी गठन गरिएको हो।

कमिटीमा उपाध्यक्ष गीता अमात्य (नुवाकोट), सचिव चित्रा केसी (भक्तपुर), कोषाध्यक्ष ज्योत्ना सैजु (काभ्रे) रहेका छन्। सदस्यहरूमा मेनुका महतो (रामेछाप), सानुमाया गुरुङ (सिन्धुपाल्चोक), कल्पना श्रेष्ठ (दोलखा), ज्ञानु तामाङ (रसुवा) र सरिधी श्रेष्ठ (मकवानपुर) रहेका छन्।

केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीले नवगठित कार्यसमितिलाई बिहीबार पद तथा गोपनीयताको शपथ गराइन्। शपथपछि कार्यभार सम्हाल्दै नवनिर्वाचित पदाधिकारीहरूले महिलालाई आर्थिक तथा सामाजिकरूपमा सबल बनाउन सक्दो योगदान दिने प्रतिबद्धता व्यक्त गरे।

अध्यक्ष ज्ञवालीका अनुसार बाँकी रहेका मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशमा पनि छिट्टै शाखा गठन गरिनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार
राष्ट्रपति पौडेलले बहिनी शारदाबाट लगाए भाइटीका
२०८३ कार्तिक २५, बुधबार
ट्रम्पको बिबिसीविरुद्धको मुद्दा अघि बढ्ने
२०८३ कार्तिक २५, बुधबार
Bhai Tika strengthens bonds of love among siblings : PM Shah
२०८३ कार्तिक २५, बुधबार
धार्मिक, सामाजिक र सांस्कृतिक विविधताबीच सद्भाव कायम गर्न फाल्गुनन्दको योगदान : राष्ट्रपति पौडेल
२०८३ कार्तिक २५, बुधबार
विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ कार्तिक २५, बुधबार
बाढीपहिरोले अवरुद्ध बेनीको खानेपानी सेवा वैकल्पिक पाइपलाइनबाट सञ्चालनमा
२०८३ कार्तिक २५, बुधबार