कार्तिक ११, २०८३ बुधबार October 28, 2026

भारतीय गायिका मुछाल काठमाडौँमा गुञ्जिने

आगामी असोज ३ मा भृकुटीमण्डपमा ‘पलक मुछाल लाइभ इन नेपाल’ हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । भारतीय गायिका पलक मुछालले पहिलोपटक काठमाडौँमा साङ्गीतिक प्रस्तुती दिने भएकी छन् । आगामी असोज ३ मा भृकुटीमण्डपमा ‘पलक मुछाल लाइभ इन नेपाल’ हुने टुङ्गो लागेको आयोजक संस्थाका ‘इभेन्ट म्यानेजर’ मनिष कार्कीले जानकारी दिए ।

‘यसअगाडिका कार्यक्रमको सिकाइलाई प्रयोग गर्दै यसलाई भव्य र सभ्य बनाउने छौँ । उहाँ नेपाल आउन इच्छुक हुनुहुँदो रहेछ, त्यही भएर हामीले साङ्गीतिक कार्यक्रममा प्रस्तुत गर्न लागेका हौँ”, कार्कीले भने ।

गायिका मुछालले एक श्रव्यदृश्यमार्फत सन्देश जारी गर्दै आफू नेपाल आउन उत्साहित रहेको बताएकी छन् । ‘म नेपाल आउने कुराले खुसी छु, म नेपालीलाई गीत सुनाउन र नचाउन अधैर्य छु’, उनले भनेकी छन् । यसअगाडि ‘नोरा फतेही लाइभ इन नेपाल’ आयोजना गरेको वर्ल्डवाइड फिल्म्स नेटवर्क प्रालिको आयोजना र मनु मिडिया प्रालिको व्यवस्थापनमा उनी काठमाडौँ आउन लागेकी हुन् ।

गायिका मुछालको ‘कौन तुझे’, ‘प्रेम रतन धन पायो’, ‘चाहूँ मैं या ना’, ‘तेरी मेरी कहानी’, ‘जुम्मे की रात’, ‘सनम तेरी कसम’ लगायतका गीतहरू लोकप्रिय छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हिमाली विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य बढाउन मन्त्री श्रेष्ठको आह्वान
२०८३ कार्तिक ११, बुधबार
राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु
२०८३ कार्तिक ११, बुधबार
लगातार दोस्रो दिन बढ्यो सुनको मूल्य, चाँदी पनि १० रुपैयाँले महँगियो
२०८३ कार्तिक ११, बुधबार
धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल
२०८३ कार्तिक ११, बुधबार
झापामा सवारी दुर्घटनाको ‘ग्राफ’ बढ्दो
२०८३ कार्तिक ११, बुधबार
एनपीएलमा आज : पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
२०८३ कार्तिक ११, बुधबार
चीन भ्रमण गर्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा
२०८३ कार्तिक ११, बुधबार