असार २३, २०८२ सोमबार July 7, 2025

प्रधानाध्यापक भण्डारीलाई अपहरण गर्ने ‘विप्लव’ पार्टी सम्बद्ध ८ जनाको नाम प्रहरीद्धारा सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानाध्यापक नारायणप्रसाद भण्डारीलाई अपहरण गर्ने ‘विप्लव’ पार्टी सम्बद्ध आठ जनाको नाम सिन्धुली प्रहरीले आज सार्वजनिक गरेको छ।

प्रहरीले ३० वर्षीय लोकबहादुर तामाङ ‘रञ्जन’, ४९ वर्षीय रुद्रबहादुर राउत, १९ वर्षीय सुशान्त राई ‘सुन्दर’, १९ वर्षीय विवेक थापा ‘डिक्पाल’ र २५ वर्षीय दलबहादुर खत्री ‘कल्याण’ लाई सोमबार राति सार्वजनिक गरेको हो।

उनीहरूसँगै पक्राउ गरेका २१ वर्षीय धनबहादुर श्रेष्ठ ‘परिवर्तन’, २४ वर्षीय पूर्ण शेर्पा ‘चट्टान’ र २० वर्षीया प्रतिमा परियार ‘शीखा’ लाई पनि प्रहरीले सार्वजनिक गरेको छ।

शीखा बाहेककालाई जिल्ला प्रहरी कार्यालय सिन्धुली र खुर्कोटबाट खटिएको प्रहरीको संयुक्त टोलीले तील्पुङकै लायगाउँस्थित चौतारामा पक्राउ गरेको सिन्धुली प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले बताए।

खत्रीका अनुसार शीखालाई प्रहरीले शनिबार दिउँसो करिब १ः४५ बजे पक्राउ गरेको हो। प्रहरीले पक्राउ परेका सात जनाबाट बम बनाउन प्रयोग गरिने मेटल सकेट ८ थान, सुतली बम चार थान, रसिद पत्र, मोबाइल १३ थान, झोला ७ थान र दुई थान डायरी बरामद गरेको छ।

शीखाबाट पनि प्रहरीले बम बनाउने प्रयोग गरिने मेटल सकेट दुई थान, सुतली बम एक थान, झोला एक थान र मोबाइल एक थान बरामद गरेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया