श्रावण १९, २०८३ मंगलबार August 4, 2026

पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण बढ्दै

रोग नियन्त्रणका लागि नौ हजार ३५ पशुमा खोप लगाइयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भोजपुर, २२ भदौः जिल्लाका सबै स्थानीय तहमा लम्पी स्किन रोग फैलिएको छ । हालसम्म ६ सय २९ गाईगोरु र राँगाभैँसीमा यो रोग देखिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख पुष्पराज दाहालका अनुसार हालसम्म दुई सय २१ पशु निको भएका छन् भने चार सय आठ पशु अझै सङ्क्रमित छन् । उक्त रोगबाट तीन पशु चौपाया मरेका छन् ।

तीन सय ९३ गाईगोरु र १५ राँगाभैँसी अहिले पनि बिरामी रहेका प्रमुख दाहालले बताउनुभयो । भोजपुरमा पशुमा लम्पी स्किन रोगको सङ्क्रमण बढेको छ । यो रोग महामारीका रूपमा फैलिने खतरा छ । रोग नियन्त्रणका लागि नौ हजार ३५ पशुमा खोप लगाइएको कार्यालयले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया