श्रावण ८, २०८२ बिहिबार July 24, 2025

झलनाथ खनालको प्रतिष्ठानलाई १ अर्ब ३२ करोड अनुदान दिदैं सरकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता झलनाथ खनाललाइ सरकारले १ अर्ब ३२ करोड रुपैयाँ अनुदान दिने भएको छ । खनालका नाममा खुलेको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’लाई सरकारले सो रकम अनुदान स्वरुप दिने भएको हो ।

सर्लाहीको लालबन्दीमा साँढे आठ विघाह जमिनमा विषालु सर्प पाल्नका लागि भन्दै नेपाल सरकारले खनालका नाममा स्थापना गरिएको प्रतिष्ठानलाई उक्त रकम दिएको हो ।

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले सर्प पालन र एन्टी भेनम उत्पादन परियोजनाका लागि लालबन्दी नगरपालिका, प्रदेश २ सरकार र संघीय सरकारले १ अर्ब ३२ करोड रुपैयाँ दिने निर्णय गरेका हुन् । सरकारले ७२ करोड रुपैयाँ पहिलो किस्तामा प्रतिष्ठानलाई दिने छ भने बाँकी रकम दोस्रो किस्तामा दिने श्रोतले बतायो ।

प्रतिष्ठानका नाममा अनुदान दिए पनि झलनाथको प्रभावका कारण सरकारले यति ठूलो रकम दिने निर्णय गरेको नेकपाका एक नेताले गुनासो गरे । नेकपा भित्र विावद चलिरहेका बेला खनालका नाममा खुलेको प्रष्ठिानलाई यो रकम दिनुलाइ अर्थपूर्ण र विशेष महत्वका साथ हेरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार
केपी कठोर, विद्या ‘पर्ख र हेर’
२०८२ श्रावण ८, बिहिबार
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार