श्रावण १९, २०८३ मंगलबार August 4, 2026

लम्पी स्किनको सङ्क्रमणबाट पश्चिम नवलपरासीमा १५ पशु चौपाया मरे

भैँसी र राँगाको तुलनामा गाईगोरुमा सङ्क्रमण तिव्र गतिमा फैलिदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

परासी, असोज ६ गते । पश्चिम नवलपरासीमा लम्पी स्किनको सङ्क्रमणबाट १५ वटा पशु चौपाया मरेका छन् । दुई महिनाको अवधिमा १५ वटा भैँसी र तीनसय ४ वटा गाई गोरुसहित तीनसय १९ पशु चौपाया सङ्क्रमित भएका हुन् । भैँसी र राँगाको तुलनामा गाईगोरुमा सङ्क्रमण तिव्र गतिमा फैलिएको छ ।

मरेका सबै गाई र गोरु मात्र छन् । विशेषगरी कम उमेरका पशुमा सङ्क्रमण बढी देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परासीका पशु चिकित्सक डा. विभूति सिंहले जानकारी दिनुभयो । कार्यालयले स्थानीय तहसँगको समन्वयमा पछिल्लो समय खोप कार्यक्रमलाई तिव्रता दिएको छ । असारदेखि हालसम्म २८ हजार पाँचसय पशु चौपायामा खोप लगाइएको सिंहले बताउनुभयो । खोप नलगाएका पशु चौपायामा सङ्क्रमण भई मृत्यु हुने समस्या भएकाले सबै पालिकामा खोप वितरण गरिएको छ ।

बर्दघाट नगरपालिकामा गत असार महिनामा देखिएको लम्पी स्किनको सङ्क्रमण अहिले जिल्लाका सातवटै स्थानीय तहमा फैलिएको छ । लम्पी स्किनको सङ्क्रमण भएपछि गाईभैँसीले दुध कम दिने भएकाले किसान चिन्तित बनेका छन् ।

जिल्लामा झन्डै ४५ हजार गाई र ३८ हजार बढी भैँसीसहित ८३ हजार बढी गाई भैंसी छन् ।  लम्पी स्किनको सङ्क्रमणले गाई तथा भैँसीको छालामा फोका देखिने, उच्च ज्वरो आउने, दुध उत्पादनमा गिरावट आउने, शरीर सुन्निने र पशुहरु अशक्त देखिनेजस्ता लक्षणहरू देखिन्छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया