काठमाण्डाैंः फ्रान्सेली लिग च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी) का तीन खेलाडीमा कोरोना भाइरस (कोभिड–१) को संक्रमण भएको बुधबार क्लबले पुष्टि गरेको छ ।
नयाँ सिजनको सुरुआतपूर्व गरिएको परीक्षणमा पिएसजीका तीन खेलाडीमा पोजेटिभ संकेत देखिएको हो । च्याम्पियन्स लिगको फाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग पराजित पिएसजीले सोमबार दुई नाम नखुलाइएका खेलाडीमा संक्रमण देखिएको जनाएको छ ।
फ्रान्सका पत्रपत्रिकाले अर्जेन्टिनाका एन्जल डी मारिया र लियान्द्रो परेदेशलाई संक्रमण देखिएको शंका गरेका छन् । उनीहरू विदामा इबाज भन्ने स्थानमा पुगेका छन् । पिएसजीले सेप्टेम्बर १० बाट नयाँ सिजनको सुरुआत गर्ने तालिका छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया