श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

ललितपुरमा शुक्रबार बिहान ४ बजेदेखी राती १० बजेसम्म कर्फ्यु , प्रहरी कुट्ने नौ जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ बजेदेखी राती १० बजेसम्म कफ्र्यु आदेश जारी गरेको छ ।

रातो मच्छिन्द्रनाथको रथयात्रालाई लिएर बिहीबार  पुल्चोक क्षेत्रमा दिनभर तनाव भएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरमा अकस्मात बसेको सुरक्षा समितिको बैठकले  शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको हो ।

बैठकले रातो मछिन्द्रनाथको रथलाई पुल्चोकदेखि ७ सय मिटर अघिसम्म तान्ने र २६ गते बुङ्मति लैजाने निर्णय समेत गरेको छ ।

यसै विच प्रहरी जवान कमलप्रसाद घिमिरेलाई कुटपिट गर्ने ९ जनालाई जावलाखेल प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि तत्काल कारबाही हुने ललितपुरका एसएसपी टेक प्रसाद राइले जानकारी दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया