श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

ललितपुरको भिड नियन्त्रणमा खटिएका १८ प्रहरीलाई कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बिहीबार ललितपुरको भीड नियन्त्रणमा परिचालन भएका डेढ दर्जन प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

रातो मत्स्येन्द्रनाथको रथ स्वस्फूर्त तान्न खोज्ने युवाहरुलाई प्रहरीले रोक्न खोज्दा बिहिबार दिनभर झडप भएको थियो । भिड नियन्त्रणका लागि उक्त फिल्डमा खटिएका ललितपुर प्रहरी परिसर र सातदोबाटोका करिब १८ जना प्रहरीमा संक्रमण पुष्टि भएको प्रहरी स्रोतले बतायो ।

यस्तै ललितपुर ट्राफिक प्रहरी कार्यालयका १५ जना, महानगरीय प्रहरी परिसर, काठमाडौंका १५ प्रहरी र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका ८ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया