कार्तिक २९, २०८३ आइतबार November 15, 2026

भूत मेलाको रौनक

कहिले दसैँ आउला र कहिले भूत मेला सुरु हुने प्रतीक्षामा बसेका महोत्तरीबासी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जलेश्वर (महोत्तरी), १४ असोजः भूत मेलाका लागि प्रसिद्ध महोत्तरीको सोनामाई मन्दिरमा अहिले भूत मेलाको रौनक छाएको छ । कहिले दसैँ आउला र कहिले भूत मेला सुरु हुने प्रतीक्षामा बसेका महोत्तरीलगायत सम्पूर्ण मिथिला क्षेत्रका भूत मेलाप्रेमी अहिले कति बेला साँझ पर्ला र कति बेला भूत मेला सुरु होला भन्दै उत्साहित भएका देखिन्छन् ।

परम्परागत रुपमा अनादी कालदेखि नै बडादसैँका बेला भूत मेलाका लागि प्रख्यात जिल्लाको औरही नगरपालिकामा–७ मा अवस्थित सोनामाई शक्तिपीठमा षष्ठी तिथिदेखि नै सुरु भएको भूत मेलाले अहिले सबैलाई आकर्षित पारेको छ ।

परापूर्वकालदेखि नै भूत मेलाका लागि प्रख्यात रहेको सोनामाई मन्दिरमा हरेक वर्ष बडादसैँको षष्ठी तिथिदेखि लाग्ने भूतमेलामा दैनिक हजारौँ दर्शनार्थी आएर मेलाको दर्शन गर्नाका साथै सहभागिता जनाउने गरेको सोनामाईका पुजारी कामेश्वर झाले बताउनुभयो ।

भूतप्रेत, बोक्साबोक्सी र दुष्ट आत्माले सताइएका हजाराँै पीडितहरु प्रत्येक वर्ष यस मेलामा आउने गर्दछन् भने सोनामाईको असिम कृपाले यहाँबाट निको भएर जाने गरेको जनविश्वास रहेको अर्का पुजारी रमेश झा बताउनुहुन्छ ।

वर्षौंदेखि भूत, पिसाच, कालो जादुटुना र बोक्साबोक्सीको कुचक्रमा परेर जीवन मृत्युको दोसाँधमा परेकाहरु सोनामाईको सीमा क्षेत्रमा आउने बित्तिकै को–कसबाट सताइएकोबारे आफैँ भन्न थाल्छन् भने देवीको शक्तिले सीमा क्षेत्रमा खुट्टा टेक्ने बेलादेखि नै लड्दै पर्दै, रुँदै, हाँस्दै र विभिन्न गतिविधिका साथ खेल्दै देवी दरबारसम्म पुग्ने गर्दछन् । दरबारमा पुगेका पीडितहरु माताको दृष्टि परेपछि निको भई आ–आफ्ना घर फर्कने गरेको माताका अर्का पुजारी झगरु झाले बताउनुभयो ।

षष्ठीदेखि विजयादशमीसम्म चल्ने यस मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहट, हेटौँडा, धरान, विराटगर र काठमाडौँदेखि तथा भारतका सीतामढी, मधुवनी र पटना सहरसम्मका हजाराँै पीडित महिला तथा पुरुष पुग्ने गरेको पुजारी कामेश्वरले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव
२०८३ कार्तिक २९, आइतबार
छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् : गगन थापा
२०८३ कार्तिक २९, आइतबार
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २९, आइतबार
सुशासन र समृद्धि प्राप्तिमा छठी माता र सूर्य भगवान्को कृपा बनिरहनेछः राष्ट्रपति पौडेल
२०८३ कार्तिक २९, आइतबार