कार्तिक २९, २०८३ आइतबार November 15, 2026

आज कस्तो रहला तपाँइको दैनिक राशिफल

मकरलाई आज व्यापार व्यवसायबाट मनग्गे आम्दानी हुनेछ भने आम्दानी बढ्ने हुँदा काम गर्ने जोश बढ्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
पछिसम्म फाइदा हुने व्यवसायमा लगानी गरी आम्दानी सुनिश्चित गर्न सकिनेछ । आर्थिक अभावले रोकिएका कामहरू तीव्र गतिमा सञ्चालन हुनेछन् । स्रोत साधनको प्रयोग गरी अग्रगामी छलाङ मार्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने जीवनसाथीसँग थप आत्मीय भाव बढ्नेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यतित हुनेछ । कर्मक्षेत्रको यात्रा हुने योग रहेको छ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
व्यवसायलाई समय सापेक्ष परिमार्जन गरी मनग्गे आम्दानी गर्न सकिनेछ । माता पिताको धन तथा सम्पत्ति प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाउँदै जानेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीलाई किनारा लगाउँदै नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने योग रहेको छ । छोटो दुरीको यात्रा हुने ग्रहयोग रहेको छ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
सन्तानको सुखमा मन रमाउनेछ भने आध्यात्मिक तथा धार्मिक क्षेत्रमा समय खर्चनु पर्दा मन प्रशन्न रहनेछ । अध्ययन, अध्यापन तथा खोजमूलक क्षेत्रमा सफलता हात पार्न सकिनेछ भने राज्यबाट सम्मानित हुने ग्रहयोग रहेको छ । प्रेमका बाटाहरू फराकिला हुनेछन् भने जीवनसाथीको सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ । चाडबाड लक्षित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
माया प्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सहज रहनेछ । आर्थिक स्थिति मजबुत हुने तथा व्यापार वा चाडबाड लक्षित सामानमा लगानी बढाई मनग्गे आम्दानी हुनेछ । लामो दुरीको मनोरञ्जनात्मक यात्राको तय गरी भरपुर रमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो प्रगति हुने हुँदा मन प्रशन्न रहनेछ । भौतिक वस्तु तथा विलासी सामानको प्रयोगमार्फत अरूको मन आकर्षित गर्न सकिनेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
पर्यटन तथा यात्रासँग सम्बन्धित क्षेत्रमा लगानी गर्दा मनग्गे लाभ मिल्नेछ । भौतिक सम्पत्तिको प्रयोगमार्फत आम्दानी बढाउन सकिनेछ । साझेदारी व्यवसायबाट लाभ लिन सकिनेछ । अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ भने प्रेममा रमाउन चाहने जोडीका लागि समयले साथ दिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइहरू जनमानसमा पुर्‍याउन सकिनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
प्रतिष्ठित व्यक्तिसँग प्रतिस्पर्धा गर्नु परेपनि अन्ततः तपाईंको पक्षमा नतिजा आउँदा मन खुशी हुनेछ । रमाइलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा विश्वास बढ्नेछ र विवाहमार्फत सम्बन्धलाई लामो समयसम्म टिकाउन सकिनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यतित हुनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
कुनै काम सुरु गर्नु भन्दा पुरानै कामलाई निरन्तरता दिनुहोस् । चाहँदा चाहँदै पनि घरायसी सुविधा प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टर्नेछ तथा राजनीतिमा प्रतिस्पर्धीहरू हावी हुनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरूबाट टाढिएर यात्रा गर्नुपर्दा असहज महसुस हुनेछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
आफ्नो ज्ञानलाई सही समयमा प्रयोग गर्न सकिने हुँदा चुनौती पन्छाएर काम बनाउन सकिनेछ । बौद्धिकताको प्रतिस्पर्धामा तपाईंको जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाइँदा मन प्रफुल्लित हुनेछ । मनपर्ने व्यक्तिबाट उपहार तथा भौतिक सम्पत्ति पाउने योग रहेको छ । आर्थिक क्षेत्रसँग सम्बन्धित पेशाबाट लाभ लिन सकिनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामीप्यता बढ्नेछ । दाजुभाइ तथा छिमेकीसँगको सम्बन्धमा सुधार आउनेछ भने आफन्तसँगको व्यापारबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको छ । छोटो तथा रमाइलो यात्रा गरी सकारात्मक नतिजा हात लाग्नेछ । पराक्रम बढ्ने हुँदा जोसिलो काम गर्ने उत्साह आउनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
व्यापार व्यवसायबाट मनग्गे आम्दानी हुनेछ भने आम्दानी बढ्ने हुँदा काम गर्ने जोश बढ्नेछ । माया प्रेममा विश्वास बढ्ने हुँदा मन प्रशन्न रहनेछ । कला, साहित्य तथा यस्तै क्षेत्रमा समय खर्च गर्नेहरूले धन तथा सम्पत्ति कमाउन सक्नेछन् । पढाइ लेखाइमा थोरै समय दिए पनि सफलता हात लाग्नेछ । कुटुम्बबाट आवश्यक सहयोग पाइने हुँदा मन खुशी रहनेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
काम गर्दा सावधानी अपनाउनुहोस् । खराब व्यक्तिको विश्वास गर्नाले जरिवाना तिर्नुपर्नेछ । पढाइ लेखाइमा मन नलाग्ने हुँदा अरूभन्दा पछि परिनेछ भने माया प्रेममा एक अर्काबीच वैमनस्यता बढ्नेछ । घरभित्रकै मानिसबाट धोका हुने सम्भावना रहेकाले सचेत रहनुहोस् । स्वास्थ्यसम्बन्धी सामान्य समस्या देखिन सक्ने तथा उपचार खर्च बढ्ने योग छ । तरपनि लामो दुरीको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाउनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
पुराना कामबाट लाभ लिने समय रहेको छ भने नयाँ काम सुरु गर्दा मनग्गे आम्दानी हुनेछ । समयको सही सदुपयोग गरी रचनात्मक हुँदै समाजमा नाम कमाउन सकिनेछ । सहभाइको सहयात्रा तथा सहकार्यबाट राम्रा काम गर्न सकिनेछ । प्रेम गर्ने जोडीका लागि समयले साथ दिनेछ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । विद्यार्थीहरूले पढाइमा प्रगति गरी आफन्त तथा गुरुजनलाई खुशी राख्न सक्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव
२०८३ कार्तिक २९, आइतबार
छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् : गगन थापा
२०८३ कार्तिक २९, आइतबार
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २९, आइतबार
सुशासन र समृद्धि प्राप्तिमा छठी माता र सूर्य भगवान्को कृपा बनिरहनेछः राष्ट्रपति पौडेल
२०८३ कार्तिक २९, आइतबार