मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

जु्म्लाको हाँकुमा जिल्लास्तरीय फुटबल प्रतियोगिता सुरु

जुम्ला एफसीका रुबिन भण्डारीले पहिलो खेलमै ह्याट्रिक गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जुम्ला । जिल्लाको तातोपानी गाउँपालिका–४ हाँकुमा जिल्लास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । गिडीदह युवा क्लबको आयोजनामा सबैभन्दा ठूलो धनराशीको फुटबल प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा हालसम्मकै सबैभन्दा धेरै टिमहरुको सहभागिता रहेको छ । क्लबका अध्यक्ष गणेश जैसीले पहिलोपटक आयोजना भएको यो प्रतियोगितामा ३३ वटा टिमको सहभागिता रहेको जानकारी दिए । खेलको पहिलो दिन गिडिदह युवा क्लब (बी) र जुम्ला एफसीबीच खेल भएको थियो । जसमा एफसीले आयोजक गिडीदह (बी) लाई १२–० गोल अन्तरले हरायो ।

जुम्ला एफसीका रुबिन भण्डारीले पहिलो खेलमै ह्याट्रिक गरे । लक्ष्मी भण्डारी, सुरेश नेपाली र अमृत विष्टले समान २/२ गोल गरे । सुनिल थापा मगर, खड्क कट्टेल र शीखर शाहीले एक/एक गोल गरे ।

यस्तो दोस्रो खेल आयोजक गिडिदह (ए) र ब्ल्याक डायमण्ड एफसीबीच भएको थियो । जसमा पेनाल्टी सुट आउटमा ५–४ गोलले एफसीले जित हात पार्‍यो ।

यो प्रतियोगितामा विजेता टिमले एक लाख १ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउनेछ । यस अघि जुम्ला सदरमुकाम खलंगामा १४ वर्ष मुनिका बालबालिकालाई केन्द्रित गर्दै जिल्ला स्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको थियो ।

जिल्ला फुटबल संघ जुम्लाका अध्यक्ष भरत बुढ्थापाले गाउँबस्तीका युवाहरुमा फुटबलको आकर्षण बढ्नु सकारात्मक भएको बताए । उनले तिहारलगत्तै जिल्लाका सबै माध्यमिक विद्यालयस्तरमा फुटबल प्रतियोगिता आयोजना गरिने जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार