श्रावण १९, २०८३ मंगलबार August 4, 2026

महिनावारी सम्बन्धी थाहा पाउनुपर्ने कुरा

उमेरका हिसाबले एक महिलाले आफ्नो जीवनकालमा जम्मा ४४४ पटक महिनावारी भोग्नुपर्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । महिलाको जीवनमा महिनावारी धेरै आवश्यक हुन्छ । शरीरका धेरै कार्यहरू यसै मार्फत नियन्त्रित हुन्छन् ।

यदि महिनावारीमा अनियमितता देखियो भने धेरै प्रकारका स्वास्थ्य समस्याहरू भोग्नुपर्छ । यो एउटा अत्यन्त आवश्यक प्रक्रिया हो, तर नेपालको केही भागमा छाउपडी प्रथा अझै पनि छ, जहाँ महिनावारी भएको समयमा घरबाट अलग बस्नुपर्छ ।

महिलालाई अशुद्ध भनेर उनीहरूसँग भेदभाव गरिन्छ । महिनावारीसम्बन्धी यस्ता धेरै तथ्य छन्, जसको बारेमा स्वयं महिलालाई पनि थाहा नहुन सक्छ । यसबारेमा जानौँ –

जीवनमा आउने महिनावारीको सङ्ख्या

एक बालिका जब किशोरावस्थामा प्रवेश गर्छिन्, तब उनको महिनावारी सुरु हुन्छ ।सामान्यतया तेह्र वर्षका उमेरमा महिनावारी सुरु हुन्छ । त्यसपछि लगभग पचास वर्षसम्मका महिलाहरू हरेक महिना महिनावारीबाट गुज्रन्छन् । यद्यपि, अहिले जीवनशैलीमा परिवर्तनका कारण यसको सुरु र अन्त्य हुने उमेरमा ठूलो अन्तर देख्न पाइन्छ । तर, १३ देखि ५० वर्षको उमेरका हिसाबले एक महिलाले आफ्नो जीवनकालमा जम्मा ४४४ पटक महिनावारी भोग्नुपर्छ ।

महिनावारी औसतमा पाँचदेखि सात दिनको हुन्छ । हरेक महिलामा महिनावारी फरक हुन सक्छ । धेरै महिलाहरूलाई भारी रक्तस्राव हुन्छ । यस्ता महिलाहरूमा रगतको कमी पनि देखिन्छ । केहीको महिनावारी छिटै सकिन्छ । यो पनि चिन्ताको विषय हो । तर, यदि औसतलाई मान्ने हो भने एक महिलाले आफ्नो पूरै जीवनको सात वर्ष रगत र दुखाइसँग युद्ध लड्छिन् । यस अवधिमा महिलाको शरीरमा धेरै प्रकारका परिवर्तन हुन्छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार