मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

आईसीसी टी-२० विश्वकप अभ्यास खेल : नेपालसँग कतार १६ रनले पराजित

अभ्यास खेलमा आसिफ र कुशलको अर्धशतक, बलिङमा करण केसी चम्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पोखरा । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको दोस्रो अभ्यास खेलमा पनि नेपाल विजयी भएको छ ।

सोमबार साँझ सम्पन्न खेलमा नेपालले कतारलाई १६ रनले पराजित गरेको हो । नेपालले पहिलो अध्यास खेलमा ओमानलाई छ विकेटले हराएको थियो ।

नेपालले दिएको एक सय ७१ रनको लक्ष्य पछ्याएको कतार २० ओभरमा छ विकेट गुमाएर एक ५४ रनमै समेटिन पुग्यो ।

कतारका लागि मुहम्मद तनभिरले सर्वाधिक ५१ तथा कप्तान मिर्जा बेगले ४० रनको योगदान दिएका थिए ।

नेपालका करण केसी एकैले तीन, नन्दन यादव, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले समान एक-एक विकेट लिए । कप्तान रोहित पौडेलले २५, कुशल भुर्तेलले ११ रन बनाउँदा कुशल मल्ल १० रनमा अविजित रहे ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सात विकेट गुमाएर एक सय ७० रनको राम्रो योगफल बनाउन सफल भएको थियो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ६१ रनको योगदान दिए । यस्तै ओपनर कुशल भुर्तेलले ३३ बलमा ५६ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले ३८ तथा कुशल मल्लले अविजित ३८ रन बनाए ।

कतारका मुनिर साद र इक्रमुल्लाह खानले दुई-दुई विकेट लिँदा आरिफ उल्लाह र मुजीब उर रेहमानले समान एक-एक विकेट लिएका थिए ।

टी-२० विश्वकप छनोट आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुँदैछ । नेपालले समूह चरणमा जापान र कुवेतसँग खेल्नेछ । प्रतियोगितामा भाग लिन नेपाली टोली ओमान पुगिसकेको छ ।

नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी छन् । यो टोलीमा साहब आलम भने परेका छैनन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार