श्रावण १९, २०८३ मंगलबार August 4, 2026

मणिपाल शिक्षण अस्पतालमा नर्सहरूको आन्दोलन स्थगित

पटक–पटक माग राख्दा पनि प्रशासनले बेवास्ता गरेपछि बाध्य भएर आन्दोलन गर्नुपरेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ, २१ असोज । श्रम शोषण र न्यूनतम पारिश्रमिक नपाएको आरोप लगाउँदै पोखरा महानगरपालिका–११ फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालका नर्सहरू आन्दोलित भएका छन्।

सरकारले निर्धारण गरेको १९ हजार ३०० रुपैयाँ न्यूनतम पारिश्रमिक नपाएको, कार्य समय सात घण्टाबाट आठ घण्टामा बढाइएको, साथै चाडपर्व, घर र बिरामी बिदा कटौती गरिएको भन्दै उनीहरू शनिबार साँझदेखि आन्दोलनमा उत्रिएका हुन्।

नर्सहरूले अस्पताल परिसरमै प्लेकार्डसहित धर्ना, नारा र प्रदर्शन गरेका थिए। उनीहरूले “हामीलाई न्याय दे!”, “श्रम शोषण बन्द गर!”, “हामी मेसिन होइनौं, नर्स हौं!” जस्ता नारा लगाएका थिए।

उनका अनुसार, अस्पतालले १६ हजार मात्र तलब दिँदै आएको र पटक–पटक माग राख्दा पनि प्रशासनले बेवास्ता गरेपछि बाध्य भएर आन्दोलन गर्नुपरेको हो। हाल अस्पतालमा करिब तीन सय नर्सहरू कार्यरत छन्।

तर, अस्पतालका निर्देशक डा. अभिषेक मास्केले वार्तापछि तत्कालका लागि आन्दोलन स्थगित भएको बताएका छन्। उनका अनुसार, अस्पताल प्रशासन र आन्दोलनरत नर्सबीच भएको सहमतिअनुसार एक साताभित्र योग्यता र अनुभवका आधारमा तलब वृद्धि गर्ने निर्णय भएको छ।

डा. मास्केले भने, “एक साताभित्र तलब संरचना परिमार्जन गर्ने सहमति भएको छ। सहमति अनुसार कार्यान्वयन नभए नर्सहरूले पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन्।”

यससँगै मणिपाल शिक्षण अस्पतालमा केही दिनदेखिको नर्सहरूको आन्दोलन हाल स्थगित भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार