काठमाडौँ । डब्लुटिटी युथ कन्टेन्डरमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टेबल टेनिस टोली अस्ट्रेलियाको पर्थ प्रस्थान गरेको छ।
अक्टोबर ८ देखि ११ तारिखसम्म अस्ट्रेलियाको पर्थमा आयोजना हुने प्रतियोगितामा नेपालका तर्फबाट आर्यन शाही, सुरम्या शाक्य र प्राज्ना मानन्धरले प्रतिस्पर्धा गर्नेछन्।
टोलीमा अफिसियलका रूपमा अखिल नेपाल टेबल टेनिस सङ्घ (एनटिटिए) का कोषाध्यक्ष ज्याकी महर्जन र प्रशिक्षकका रूपमा राकेश महर्जन रहेका छन्।
सङ्घका अनुसार नेपाली खेलाडीहरू यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय अनुभव सँगाल्ने अपेक्षा गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया