श्रावण १९, २०८३ मंगलबार August 4, 2026

कोशी अस्पतालमा ‘जेनजी क्लिनिक’ सञ्चालन

अर्थोपेडिक विभाग प्रमुख डा महेन्द्रप्रसाद महतोको नेतृत्वमा पाँच सदस्यीय समिति गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर । यहाँस्थित कोशी अस्पतालमा जेनजी क्लिनिक सञ्चालनमा आएको छ। गत भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा भएका घाइतेहरूलाई शीघ्र स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याइएको हो।

संघीय गृह मन्त्रालयको पहल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार अस्पतालले उक्त क्लिनिक सञ्चालनका ल्याएको अस्पतालकी प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा रुणा झाले जानकारी दिए। उनले क्लिनिकमा जेनजी प्रदर्शनका क्रममा घाइते भएकाको लागि छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने समन्वयात्मक प्रणाली भएको बताउनुभयो। परिचयपत्र प्राप्त गरेका घाइते अस्पतालमा आएपछि उनीहरूलाई जेनजी क्लिनिकमार्फत सेवा प्रदान गरिने जनाइएको छ।

क्लिनिक सञ्चालनका लागि अस्पतालले पाँच सदस्यीय समिति गठन गरेको छ। समितिको संयोजकमा अर्थोपेडिक विभाग प्रमुख डा महेन्द्रप्रसाद महतो सहित मेडिसिन विभाग प्रमुख डा सुनिलबाबु खनाल, सर्जिकल विभागका मेडिकल अधिकृत डा क्षितिज गिरी, अ.न.नि. तथा ओपिडी इञ्चार्ज नविता शर्मा र सिअहेव अधिकृत (सम्पर्क व्यक्ति) कामेश्वर परिहस्त सदस्य सचिवका रूपमा रहेका छन्।

उक्त समितिमार्फत अस्पतालमा आउने घाइते बिरामीहरूको छिटो उपचारका लागि समन्वय, व्यवस्थापन तथा आवश्यक सुविधा उपलब्ध गराउने काम गरिने अस्पतालले जनाएको छ। समितिले अस्पतालका विभिन्न विभागसँग मिलेर बिरामीहरूको उपचार प्रक्रिया सहज र छरितो बनाउन आवश्यक योजना तयार पार्नेछ।

मेसु डा झाले भने, ‘यो हाम्रो नियमित अस्पताल सेवामा जोडिएको एउटा समन्वयात्मक प्रणाली हो, जसले जेनजी आन्दोलनका घाइतेहरूलाई सम्मानका साथ छिटो उपचार दिलाउन मद्दत गर्नेछ।’ स्वास्थ्य मन्त्रालयको पत्राचारपछि देशभरका प्रमुख अस्पतालहरूमा यस्तो व्यवस्था सुरु गरिएको हो। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार