श्रावण १९, २०८३ मंगलबार August 4, 2026

सुत्केरी र गर्भवतीलाई पोषण प्याकेज

पोषण प्याकेज नियमित स्वास्थ्य परीक्षण गराउने महिलालाई लक्षित गरेर वितरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिरहा। मातृ तथा नवजात शिशुको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको लहान नगरपालिका–१ र २ का ६० जना सुत्केरी र गर्भवतीलाई पोषण प्याकेज वितरण गरिएको छ।

नगरप्रमुख महेशप्रसाद चौधरीले आज एक कार्यक्रमकाबीच उक्त सामग्री वितरण गरेका हुन्। नगरपालिकाले यसअघि प्रत्येक महिनामा फरक–फरक वडामा पुगेर यस्ता पोषण प्याकेज वितरण गर्दै आएको छ। यस पटकदेखि दुई वडाका गर्भवती र सुत्केरीलाई एकैपटक संयुक्त रूपमा पोषण प्याकेज वितरण गर्ने योजना बनाएको नगर प्रमुख चौधरीले बताए।

पोषण प्याकेजमा चामल, दाल, नून, तेल, चना लगायतका खाद्यान्न सामग्रीका साथै वर्षायाममा लामखुट्टेको प्रकोप बढी हुने भएकाले डेङ्गु लगायतका रोगबाट बच्न झुलसमेत प्रदान गरिएको छ।

नगरप्रमुख चौधरीले भने, ‘गर्भवती र सुत्केरीको स्वास्थ्य सुनिश्चित गर्नु हाम्रो प्रमुख प्राथमिकता हो। यस्ता कार्यक्रममार्फत उनीहरूको पोषणस्तर सुधार गर्नुका साथै स्वास्थ्य सेवामा पहुँच सहज बनाउने हाम्रो उद्देश्य हो। आगामी दिनमा यसलाई अझ प्रभावकारी ढंगले विस्तार गरिनेछ।’

स्वास्थ्य शाखा प्रमुख विन्देश्वर चौधरीका अनुसार, पोषण प्याकेज नियमित स्वास्थ्य परीक्षण गराउने महिलालाई लक्षित गरेर वितरण गरिएको हो। उनले थप जानकारी दिँदै भने, ‘नियमित जाँचमा सहभागी हुने महिलाको सङ्ख्या पछिल्लो समय उल्लेखनीय रूपमा बढेको छ।’

महिला स्वास्थ्य स्वयंसेविकाले वडामा रहेका गर्भवती र सुत्केरीको प्रारम्भिक तथ्याक संकलन, व्यवस्थापन तथा सेवाको सहजीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको पनि उनले उल्लेख गरे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार