श्रावण १९, २०८३ मंगलबार August 4, 2026

राहत सामग्रीको गुणस्तरीयता कामय गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

वितरण गरिने खाद्यान्न र लत्ताकपडाको गुणस्तरियता कायम राख्न सबैलाई आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपद्ग्रस्त क्षेत्रमा वितरण गर्ने खाद्यान्न, पानी तथा लत्ता कपडाहरुको गुणस्तरीयता कायम राख्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

प्राधिकरणले बिहीवार गरेको राहत व्यवस्थापन सम्बन्धमा विपद् व्यवस्थापनको विभिन्न क्षेत्रमा काम गरिरहेका निकायसँगको छलफलमा मन्त्रालयका सहसचिव एवं प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले संकटको समयमा वितरण गरिने पिउने पानी र खाद्यान्न स्तरहिन भए विपद्ग्रस्त क्षेत्रमा महामारी र प्रकोप फैलनसक्ने जोखिम रहेको भन्दै त्यसतर्फ सबैको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले वितरण गरिने खाद्यान्न र लत्ताकपडाको गुणस्तरियता कायम राख्न सबैलाई आग्रह गर्नुभयो । उहाँले मिनिरल वाटर वितरण गरेपनि विपद्ग्रस्त क्षेत्रमा पीउने पानी उमालेर प्रयोग गर्नुपर्न सन्देश पुर्‍याउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यहाँहरुले मानवीय संवेदनामा सचेत भएर काम गरिदिनुभएन भने अबको एक/दुई हप्तामा फेरि महामारी फैलिन्छ । अहिलेको अवस्थामा जुनसुकै स्रोत वा मुहानको पानी भएपनि उमालेर मात्र पिउनुपर्छ भन्ने कमन म्यासेज जानुपर्छ । त्यसकारण सबै नागरिकलाई त्यहीअनुसारको निर्देशन दिनुहोस् । नत्र भने पानी प्रदुषण भएकै कारणले हैजा, झाडापाखाला, टाईफाईड जस्ता रोगहरुको प्रकोप फैलिने सम्भावना रहन्छ । त्यसकारण यस कुरामा संवेदनशील रहनुहोला । अर्को, खानेकुरामा पनि पनि सचेत रहन आवश्यक छ । ताजा खानेकुरा बनाएर दियो भने सबैभन्दा राम्रो । यदि त्यो सकिएन भने जङ्कफुडहरु दिएर भोलिको दिनमा बिरामी बढाउने काम विपद्को बेलामा हतारमा दिनुछ भनेर नगर्नुहोस् । तयारी खानेकुरमा म्याद हेरेर मात्र वितरण गर्नुहोस् । म्याद गुज्रिएको खानेकुरा छ भने त्यसले भोलिको दिनमा अर्को महामारी फैल्याउन सक्छ ।’

डुबानग्रस्त क्षेत्रका पानीका मुहानहरु डुबानमा परी दुषित भएको अवस्था रहेकाले पिउने पानीको स्वच्छता सुनिश्चित गर्न नसके एक साताभित्र हैजालगायतका महामारी र प्रकोप देखापर्न सक्ने भन्दै मन्त्रालयले त्यसतर्फ गम्भीर हुन आग्रह गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार