काठमाडौँ, २३ असोजः काठमाडौँको माइतीघरमा आज भएको प्रदर्शनमा सहभागी रहेका डा निकोलश भुसालले गाँजा सेवन गरेको पाइएपछि सुधार केन्द्र पठाउने शर्तमा उहाँको परिवारको जिम्मा लगाइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले भुसालको स्वास्थ्य परीक्षण गर्दा लागुऔषध गाँजा खाएको पाइएपछि सुधार केन्द्र लैजाने शर्तमा परिवारको जिम्मा लगाइएको जानकारी दिनुभयो ।
उक्त प्रदर्शनका क्रममा आज ४४ जना पक्राउ परेका र उनीहरुलाई छाड्न आवश्यक प्रक्रिया जारी रहेको उहाँले बताउनुभयो । डा भुसालसहितका व्यक्तिहरु आज प्रदर्शनमा सहभागी भएका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया