कार्तिक २९, २०८३ आइतबार November 15, 2026

धमाधम पुनःनिर्माण हुँदै भद्रकाली मन्दिर

पुरानो खम्बा र बुट्टाका ढाँचालाई आधार मानेर नयाँ बुट्टा कुँदिएका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २३ असोज : भद्रकाली मन्दिर पुनर्निर्माणको काम धमाधम अगाडि बढाइएको छ । काठमाडौँ महानगरपालिका सम्पदा विभागले मौलिक परम्परागत (नेवारी) शिल्प शैलीमा निर्माण गर्न लागेको उक्त मन्दिरको भौतिक प्रगति ५० प्रतिशत सम्पन्न भएको छ ।

विसं २०८१ असार २७ गते सुरु भएको उक्त मन्दिर पुनर्निर्माणको काम हाल दुई सिफ्टमा भइरहेको महानगरका प्रमुख बालेन्द्र शाहले जानकारी दिनुभयो । चालु आर्थिक वर्षभित्र सम्पन्न गर्नेगरी अहिले बिहान ६ः०० देखि बेलुका ६ः०० बजेसम्म काम भइरहेको छ ।

परम्परागत नेवारी शैलीमा निर्माण भइरहेको उक्त मन्दिरमा कुँदिएका बुट्टेदार ढोका, झ्याल र थामलगायत परम्परागत निर्माण सामग्री प्रयोग गरिएको छ । यस्तै छानामा झिङ्गटी प्रयोग गरिएको छ ।

नेपाली साल (सखुवा)को काठ प्रयोग गरिएको उक्त मन्दिरमा प्रयोग योग्य पुराना काठ पनि प्रयोग गरिएको छ । काठ तथा इँटाको गुणस्तरको जाँच पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा रहेको प्रयोगशाला परीक्षणमार्फत गरिएको महानगरपालिकाले जनाएको छ ।

चुना–सुर्कीमात्र प्रयोग गरेर पुनर्निर्माण गरिएको उक्त मन्दिरको पुरानो खम्बा र बुट्टाका ढाँचालाई आधार मानेर नयाँ बुट्टा कुँदिएका छन् । यस्तै मन्दिरमा भँगेरा बस्ने परम्परागत ‘चखुं प्वाः’ पनि राखिएका छन् ।

घोडेजात्रालाई ध्यानमा राखी याकः फल्चा (एक्लो फल्चा) निर्माण भइरहेको छ । वरिपरिका सत्तलहरूको पुनर्निर्माणसँगै सुरक्षा पर्खाल (कम्पाउन्ड वाल) समेत निर्माण भइरहेको महानगरले जनाएको छ ।

काठमाडौँ महानगरपालिकाको केन्द्र भौगोलिक भागमा रहेको उक्त मन्दिर पुनर्निर्माण सम्पन्न भएपछि महानगरपालिकासँगै नेपालकै पहिचानयुक्त स्मारक हुने बताइएको छ । पुनर्निर्माणअघिको संरचना, शिल्प र शैलीको अभिलेखीकरण सम्पदा विभागबाट भएको थियो ।

भत्काइएका संरचनाबाट सङ्कलित सामग्रीलाई पुरातत्व विभाग, गुठी संस्थान र लुमधिः भद्रकाली व्यवस्थापन समितिसहितको सहजीकरण समितिले व्यवस्थापन गरिरहेको बताइएको छ ।

विसं २०७२ को भूकम्पले मन्दिर परिसरका संरचनाहरू जीर्ण भएका थिए । मन्दिरको गरिमा बचाउन पश्चिम, उत्तर र दक्षिणतर्फका पाटी, सत्तललगायत भवन पुनर्निर्माण गरिएको हो । उक्त मन्दिर पुनर्निर्माणको कुल लागत रु ३४ करोड ८० लाख ७१ हजार रहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव
२०८३ कार्तिक २९, आइतबार
छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् : गगन थापा
२०८३ कार्तिक २९, आइतबार
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २९, आइतबार
सुशासन र समृद्धि प्राप्तिमा छठी माता र सूर्य भगवान्को कृपा बनिरहनेछः राष्ट्रपति पौडेल
२०८३ कार्तिक २९, आइतबार