मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

टि-२० विश्वकप क्रिकेट छनोटमा समूह : जापानलाई ५ विकेटले हराउदै नेपाल सुपर सिक्समा

सुपर सिक्समा पनि उत्कृष्ट ३ स्थानमा पुग्ने टोलीले आगामी वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा आफ्नो स्थान पक्का गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ- नेपाल जारी टि-२० विश्वकप क्रिकेटको एशिया तथा पूर्वी एशिया प्यासिफिक छनोटमा समूह विजेता बन्दै सुपर सिक्समा प्रवेश गरेको छ ।

ओमान क्रिकेट एकेडेमीमा भएको समूह चरणको आफ्नो दोस्रो खेलमा जापानलाई ५ विकेटले हराउदै नेपाल सुपर सिक्समा पुगेको हो । यसअघि बुधवार भएको पहिलो खेर्लमा नेपालले कुवेतलाई ५८ रनले पराजित गरेको थियो । आजको खेलमा जापानले दिएको १३२ रनको विजय लक्ष्य पछ्याउदै मैदानमा उत्रिएको नेपालले १८ ओभर खेल्दै ५ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो ।

नेपालको जितमा आशिफ शेखले सर्वाधिक ३८ रन बनाए । यसैगरी गुल्सन झाले २८ र कुशल भुर्तेलले २१ रनको योगदान दिए । जापान विरुद्ध कप्तान रोहित पौडेलले १८ उपकप्तान दीपेन्द्र सिंह ऐरीले १४ सन्दीप जोराले ५ र कुशल मल्लेले ४ रन जोडे । त्यसअघि टस जितेर नेपालले फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३१ रन बनाएको थियो ।

जापान विरुद्ध सन्दीप लामिछाने र गुल्सन झाले समान दुई-दुई विकेट लिदा सोमपाल कामी र नन्दन यादवले समान एक-एक विकेट लिएका थिए । जापानले हिजो भएको खेलमा कुवेतलाई ५ विकेटले पराजित गरेकोले आज नेपालसंग हारे पनि जापान पनि सुपर सिक्समा पुगेको छ । सुपर सिक्समा पनि उत्कृष्ट ३ स्थानमा पुग्ने टोलीले आगामी वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा आफ्नो स्थान पक्का गर्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार