मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

आजदेखि ललितपुर महानगरभित्र ५ जनाभन्दा बढी भेला हुन नपाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः ललितपुर जिल्ला प्रशासनले आजदेखि ललितपुर महानगरपालिका क्षेत्रभित्र थप कडाई गरिएको छ। शनिवार बिहान ५ बजेदेखि राति १ बजेसम्म ललितपुर महानगरपालिकाका विभिन्न क्षेत्रमा ५ जनाभन्दा बढी मानिसहरू जम्मा हुन रोक लगाएको छ। यो नियम२६ भदौसम्म  लागू हुनेछ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको आदेशमा रातो मच्छिन्द्रनाथको रथ रहेको आसपास क्षेत्रमा ५ जनाभन्दा बढी मानिसहरूलाई भेला हुन रोक लगाइएको हो।

रथ राखिएको क्षेत्रको पूर्वमा मदन स्मारक स्कुल अगाडीको चोक, पश्चिममा ललितपुर महानगरपालिकाको कार्यालय, दक्षिणमा सेन्ट जेभियर्स स्कुल अगाडीको चोक (अल्का मोड), उत्तरमा बखुण्डोल चोक, श्री मिन नाथको रथ रहेको आसपास क्षेत्रभित्र यस्तो आदेश जारी गरिएको हो।

त्यस्तै पूर्वमा मंगलबजार चोक, पश्चिममा मदन स्मारक स्कुल अगाडीको चोक, दक्षिणमा पूर्णचण्डि मन्दिर, उत्तरमा पिमवहालमा राति १० बजेसम्मका लागि ५ जना भन्दा बढी भेला भएको खण्डमा कारबाहीको चेतावनी दिइएको छ।

निषेधाज्ञाको उल्लंघन गर्दै प्रहरी/प्रशासनको आग्रहविपरीत स्थानीयवासीले रातो मच्छिन्द्रनाथको रथ तान्‍ने प्रयास गरेपछि विहीबार झडप भएको थियो। प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिपी राजमार्ग : चौडा बनाउन पौने चार अर्बको स्रोत–प्रस्ताव
२०८३ मंग्सिर १, मंगलबार
एनपिएलः सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
मधेसमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको अनुगमन, सुधारमा जोड
२०८३ मंग्सिर १, मंगलबार
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा
२०८३ मंग्सिर १, मंगलबार
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
२०८३ मंग्सिर १, मंगलबार
मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट
२०८३ मंग्सिर १, मंगलबार
सहकारी ठगी मुद्दामा अध्यक्ष नेपालीसहित सात जनालाई कैद र जरिवाना
२०८३ मंग्सिर १, मंगलबार