मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

लालीगुराँस फुटबल कपको उपाधी खस्यौली एफसीको पोल्टामा

प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने आयोजक एलजी कै सुनिल थापा घोषित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

रामपुर (पाल्पा), असोज २६ गते । लालीगुराँस कप फुटबल प्रतियोगिताको उपाधी खस्यौली एफसी बुटवल, रुपन्देहीले जित्न सफल भएको छ । फाइनल खेलमा खस्यौली फुटबल क्लवले आयोजक एलजी एसोसिएसनलाई टाईब्रेकरमा २–१ ले हराउँदै यू–१९ सेभेन ए साइड खुला राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधी चुमेको हो ।

रामपुर–५ मटेरी ठूलोटार खेल मैदानमा भएको फाइनल खेलमा दुवै टिमले एक अर्कालाई दबाबमा राखेका थिए । तर निर्धारित समयमा कुनै पनि गोल हुन नसकेपछि खेल टाईब्रेकरमा पुगेको थियो । उपाधी विजेता खस्यौलीले नगद दुई लाख रुपियाँ सहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ भने उपविजेता एलजीले एक लाख रुपियाँसहित शिल्ड, मेडल र प्रमाण–पत्रमा चित्त बुझाएको छ ।

सेमिफाइनल खेलमा पराजित देवदह ब्वाईज र वालिङ युनाइटेडले २५/२५ हजार रुपियाँ प्राप्त गरेको थियो ।

त्यस्तै, अन्य विधागत तर्फ उत्कृष्ट डिफेन्डर एलजीका अरविन कुमार धामी, उत्कृष्ट मिडफिल्डर खस्यौलीका सरोज दर्लामी, उत्कृष्ट फरवार्ड एलजीका सन्तोष गोङबा, सर्वाधिक गोलकर्ता एलजी कै सुनिल थापा घोषित हुनु भएको छ । प्रतियोगिताको फेयर प्ले टिम देवदह ब्वाईज, रुपन्देही बन्यो । खस्यौलीका नबिन मश्राङ्गी फाइनल खेलको म्यान अफ दि म्याच र उत्कृष्ट गोलरक्षक घोषित हुनु भएको छ ।

प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने आयोजक एलजी कै सुनिल थापा घोषित हुनु भएको छ । उत्कृष्ट स्थानीय खेलाडीको उपाधी एलजी एसोसियसनका रिजु सोमैलाई प्रदान गरिएको छ । प्रतियोगिताको विजेता समूहलाई रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले पुस्कार प्रदान गर्नु भएको थियो । गत असोज १८ देखि सुरु भएको प्रतियोगितामा विभिन्न जिल्लाका १८ समूहले सहभागिता जनाएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार