श्रावण १९, २०८३ मंगलबार August 4, 2026

महाकाली अस्पतालमा ‘सिटी स्क्यान’ सेवा

यहाँका बिरामीले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
दोधारा चाँदनी (कञ्चनपुर), २८ असोजः महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सुरु भएको छ ।
आज सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालयका सचिव डा हेमराज रेग्मी, अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष कृष्णानन्द भट्ट र अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले सेवाको सुभारम्भ गर्नुभएको हो ।
सचिव रेग्मीले सेवा सञ्चालनमा आएसँगै यहाँका जनताले विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा पाउने बताउनुभयो । “प्रदेश सरकारको उद्देश्यअनुसार सिटि स्क्यान सेवा थपिएपछि यहाँका जनताले विशेषज्ञ सेवा पाउने छन्”, उहाँले भन्नुभयो, “भविष्यमा पनि सरकारले थप विशेषज्ञ सेवा थप्दै जानेछ ।”
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा भट्टले लामो प्रयासपछि अस्पतालमा सिटि स्क्यान सेवा थपिएको बताउनुभयो । उहाँले ६४ ‘स्लाइस’को सिटी स्क्यान थपिएको बताउनुभयो ।
अस्पतालले सिटी स्क्यान जडानका लागि गत फागुनमा बालाजी सर्जिकल सप्लायर्ससँग रु तीन करोड ८३ लाख ५५ हजार ५६० मा सम्झौता गरेको थियो ।
व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष कृष्णानन्द भट्टले अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएपछि यहाँका बिरामीले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गर्नुभयो ।
विसं २०२० मा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना भएको अस्पताल २०३१ सालमा २५ श्ययाको जिल्ला अस्पतालमा परिणत भएको थियो । पछि विसं २०४३ मा ५० श्ययामा स्तरोन्नतिसँगै अञ्चल अस्पताल (रेफरल सेन्टर) मा परिणत गरियो । सङ्घीयतापछि भने प्रादेशिक अस्पतालका रूपमा विशेषज्ञ सेवा दिन थालिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार