कार्तिक २५, २०८३ बुधबार November 11, 2026

आज पनि सुनको मूल्य बढेर हालसम्मकै उच्च

सुन आज एकैदिन तोलामा ७ हजार १ सयले बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, असोज ३१ । नेपाली बजारमा आज (शुक्रबार) एकैदिन सुनको मूल्य तोलामा ७ हजार १ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य बढेर हालसम्मकै उच्च भएको हो । हिजो बिहीबार तोलाको २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको हो ।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रुपैयाँले चाँदी महँगिएको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २७५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ३ हजार ३५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया